यस्तो छ कक्षा ११ मा भर्ना हुने मापदण्ड

असार ७ । शिक्षा मन्त्रालयले एसइइ परीक्षा सम्बन्धमा केही नयाँ व्यवस्था गरेको छ । मन्त्रालयले माध्यमिक शिक्षा परीक्षा एसईईमा सी भन्दा तलको ग्रेड ल्याउने विद्यार्थीले ग्रेड वृद्विको परीक्षा दिन पाउने व्यवस्था गरेको हो । यसअघि डी भन्दा मुनी ग्रेड ल्याउने विद्यार्थीले मात्र ग्रेड वृद्दि परीक्षामा सामेल हुन पाउने प्रावधान थियो । पाठ्यक्रम विकास केन्द्रको प्रस्तावमा शिक्षा मन्त्रालयले यस वर्ष कक्षा ११ मा भर्ना हुने मापदण्ड पनि तय गरेको छ ।

गत वर्षको जस्तै विज्ञान समूहमा भर्ना हुन चाहने विद्यार्थीले २ जीपिएका साथै गणित र विज्ञानमा सी प्लस , नेपाली, अंग्रेजी र सामाजिकमा डी प्लस प्राप्त गरेको हुनु पर्छ । त्यस्तै व्यवस्थापन समूह अध्ययन गर्न १.६ जीपीएका साथै नेपाली, अंग्रेजी, गणित र सामाजिकमा डी प्लस आएको हुनुपर्ने, मानविकी र शिक्षा समूह पढ्न १.६ जीपीएका साथै नेपाली, अंग्रेजी, सामाजिकमा डी प्लस आवश्यक प्राविधिकको स्वास्थ्यका लागि २.० जीपीएका साथै अंग्रेजी, गणित र विज्ञानमा सी प्लस, इन्जिनियरिङ पढ्न गणित र विज्ञानमा सी, अंग्रेजीमा डी प्लस ल्याउनुपर्ने, कृषि पढ्न अंग्रेजी, गणित, विज्ञानमध्ये एउटामा डी प्लस ल्याए पुग्ने प्रावधान छ । यसैबीच शिक्षा मन्त्रालयले यस वर्षदेखि कक्षा ११ मा पनि अक्षरांकन पद्दति लागु गर्ने तयारी गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × two =