घुस्याहा नं १ काठमाडौं, दोस्रोमा बाँके

भक्तपुर, माघ ८। काठमाडौं, ललितपुर र भक्तपुरमा रहेका सरकारी कर्मचारी बढी घुस्याहा रहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सूचीमा राखिएको छ ।

अहिलेसम्मको अध्ययनअनुसार सबैभन्दा धेरै घुस खाने कर्मचारीहरु काठमाडौं जिल्लामा छन् । काठमाडौं बाहेक प्रदेश नम्बर ५ को व्यापारिक केन्द्र बाँके जिल्लामा घुस्याहा कर्मचारी ज्यादा रहेको अख्तियारले जनाएको छ । आजको जनता पोष्ट दैनिकमा खबर छ ।

उपत्यकाबाट घुससहित रंगेहात धेरै कर्मचारी पक्राउ गरिएको थियो । आयोगको तथ्याकं अनुसार काठमाडौंबाट १९, ललितपुरबाट ३ र भक्तपुरबाट २ जना गरी उपत्यकाबाट जम्मा २४ जनालाई रंगेहात पक्राउ गरिसकेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four + five =