यसरी ठग्छ, नाप तौल तथा गुणस्तरले ?

काठमाडौं । लामो समय देखि पेट्रोलियम व्यवसायीहरु सधैँ पेट्रोल डिजेल ल्याउँछन् र बेच्छन् तर परिणाम पुग्दै पुग्दैन् ।  व्यवसायीले यो आवाज उठाउँदै आएका थिए र व्यवसायीको यही माग सम्बोधन गर्न नेपाल आयल निगम लिमिटेड संचालक समितिको बैठकले २०७३ कात्तिक २५ गते नेपाल गुणस्तर तथा नापतौल विभागका महानिर्देशक विश्वबावु पुडासैनी संयोजकमा पाँच सदस्यीय छानविन समिति बनाएको थियो ।

विभिन्न डिपोहरुबाट इन्धन ढुवानी गर्दै आइरहेका ट्याङकर र ट्रकहरुलाई निर्धारण गरिएको टेम्प्रेचर लस, वर्किङ लस, सिङ्केज लस लगायतका प्राविधिक नोक्सानी, डिपोमा प्रयोग हुने वोइगिङ् ब्रिज, क्यलिब्रेसन, डिप रड, डवल लकिङ्ग सिष्टमलाई प्रयोगमा ल्याउने एवंम पेट्रोलियम व्यवसायीहरुलाई निर्धारण गरिएको कमिसन तथा ढुवानीलाई समेत पुनरावलोकन गर्ने सम्बन्धमा इण्डियन आयलको रक्सौल डिपो र निगमको इन्धन डिपो अमलेखगञ्ज, थानकोट र हवाई इन्धन डिपो सिनामंगलको स्थलगत अध्ययन गरी हाल निर्धारण गरिएको नोक्सानी प्रतिशत, ढुवानी भाडा र विक्री कमिसन उचित भए नभएको समेत अध्ययन गर्न समिति बनाइएको थियो ।

२०७३ मंसिर १५ गते भित्र प्रतिवेदन पेश गर्ने निर्णय भएपनि ७ महिना बित्यो तर अझैं प्रतिवेदन दिएको छैन् । नेपाल गुणस्तर तथा नापतौल विभागका माहानिर्देशक विश्वबावु पुडासैनीको संयोजकत्वमा रहेको समितिमा विभागकै वरिष्ठ निरिक्षक सन्तोष शर्मा, नेपाल आयल निगम प्रवन्धक विजयराज सत्याल, आयल निगमकै निर्देशक करुणा क्षेत्री र आपुर्ती मन्त्रालयका शाखा अधिकृत उर्मिला केसी सदस्य छन् । तर समिति बनेको ७ महिनासम्म पनि प्रतिवेदन दिन नसक्नु लाजमर्दो बिषय हो तर समितिका संयोजक पुडासैनी भन्छन्, ‘यस बीचमा विभिन्न काम भएका छन् ।’

समितिले वैशाख महिनामा विभिन्न पेट्रोल पम्पहरुमा परिक्षण पनि ग¥यो । नापतौल तथा गुणस्तर विभाग, नेपाल आयल निगम, नेपाल डिलर्स एसोसियनस समिलित टोलीले भारतदेखि थानकोट डिपो र पेट्रोल पम्पहरुमा गरेको परिक्षणबाट पेट्रोलियम पदार्थ परिणाम घटेको देखियो । परिक्षणको क्रममा सरदर ८० लिटरको हाराहारीमा पेट्रोल अपुग देखियो भने ४० लिटरको हाराहारीमा डिजेल अपुग भएको देखिएको छ ।

वैशाख ११ मा माली आयल स्टोर कालीमाटीमा ४ हजार लिटर पेट्रोल आयल निगमको नोजलबाट बाहिर निकालियो र यसो गर्दा ४ हजार लिटर पेट्रोलको परिमाण ३ हजार ९ सय १ लिटर भएको पाइयो । अर्थात चार हजार लिटर पेट्रोल बेच्दा व्यवसायीले ९९ लिटर पेट्रोल नपाउने देखिएको थियो । भने वैशाख १५ मा भएको परिक्षणमा थानकोटस्थित आयल निगमको डिपोबाट फेरि ४ हजार लिटर नै पेट्रोल पेट्रोल घटेर ३ हजार ९ सय २२ लिटर पुगेको थियो र हिसाव गर्दा ७८ लिटर पेट्रोल पुगेन । वैशाख १६ गते फेरि परिक्षणमा ४ हजार लिटर पेट्रोल तेस्रो दिन पुग्दा ३ हजार ९ सय ६५ लिटर भइसकेको थियो ।

तेस्रो दिनको परिक्षणलाई मात्रै हेर्दा पनि यो परिमाण घटेर ३ हजार ९ सय १६ भयो । र, यसरी हेर्दा तेस्रो दिन ४ हजारलाई आधार मान्दा ८४ लिटर पुगेन भने ३ हजार ९ सय ६५ लाई आधार मान्दा पनि ५० लिटर पेट्रोल पुगेको थिएन । त्यस्तै अन्य पम्पहरुमा गरिएको पटक–पटकको परिक्षणबाट पनि तेल नपुगेको देखिएको छ र यसलाई नेपाल गुणस्तर तथा नापतौल विभागका महानिर्देशक विश्ववावु पुडासैनीले स्वीकार गरेका छन् ।

नेपाल आयल निगमले अहिले पेट्रोमा शून्य दशमलव ८८ प्रतिशत सिङकेज लस दिँदै आएको छ तर यो अपुग भएको पटक–पटको परिक्षणले प्रमाणित भएको छ । भारतबाट आएपछि काठमाडौंको थानकोटस्थित आयल निगमको डिपो हुँदै काठमाडौंका अन्य ठाउँहरुमा विरतरण गरिने मात्रै नभइ देशैभरका पम्पहरुमा तेल नपुगेको भन्दै व्यवसायीहरुले चर्को आवाज उठाएपछि यो परिक्षणको शुरुवात भएको थियो । र, आयल निगमले पनि तेल नपुगेको देखिएको बताएको छ ।

तेल ल्याउँदा कहिल्यै नपुग्ने र लगानी पनि उठाउन नसकिएको गुनासो बढेपछि पेट्रोल पम्पमा नाप तौल तथा गुणस्तर विभाग, नेपाल आयल निगम, नेपाल डिलर्स एशोसियनस वाग्मतीका अध्यक्ष अच्युत खड्काको अगुवाईमा पटक पटक भएको परिक्षणले परिमाण थप्नु पर्ने देखाएका छ तर अहिलेसम्म उपसमितिले आयल निगमलाई प्रतिवदेन नै बुझाएको छैन् । उनले १० दिनभित्र प्रतिवेदन दिने बताएका छन् । पटक–पटक यस्ता समितिहरु बन्ने र प्रतिवेदनहरु थन्कने क्रमले गर्दा व्यवसायीहरु पीडित भएको भन्दै समितिले छिटो प्रतिवदेन दिएर कार्यन्वयन हुनुपर्ने आवाज व्यवसायीहरुले उठान थालेका छन् ।

समस्या समाधान होस्

पटक–पटक तेलको मात्रामा कमी हुने र लगानी उठाउन पनि मुस्किल हुन थालेपछि पेट्रोल पम्पका सञ्चालकहरुले यसको वास्तविकता छानविन हुनुपर्ने माग गर्दै आएका थिए । धेरै पटक आग्रह गरेपछि मात्रै आयल निगमले यो परिक्षण गर्ने निर्णय गरेको हो । त्यसको बारेमा छानबिन गर्नको लागि ५ सदस्यीय छानबिन टोलीको गठन भएको सात महिनापछि मात्रै टोलीले प्रतिवेदन बुझाउने तयारी गरेको हो । १० दिनभित्र आफूले प्रतिवेदन दिने संयोजक पुडासैनील बताए ।

जति परिक्षण गर्दा पनि तेल पुगेको छैन र यसको वास्तविकता खोजी हुनुपर्ने तर्क व्यवसायीले मात्रै होइन स्वयम् नापतौल र आयल निगमकै लागि पनि खोजीको बिषय भएको छ । पटक पटक व्यवसायीहरु मारमा परेको र आयल निगमबाटै कमी तेल जाँदा आफूहरु मर्कामा परेको भन्दै उनीहरुले अविलम्ब समस्याको समाधान गर्न माग गरेका छन् । परिक्षण र चेकजाँच गरेपनि समस्या सल्टिएको छैन् । युरो ४ स्टन्र्डरको तेल आएपछि झन् घाटा बढेको व्यवसायीहरुले बताएका छन् र यो समस्याको अबिलम्ब समाधान गर्न माग गरेका छन् ।  तत्काल तेलभित्र रहेको जालझेल पूर्ण अवस्था अन्त्य गरेर अगाडि बढ्नुपर्ने व्यवसायीहरुको तर्क छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 4 =