हनुमान आराधना मण्डल मोरङको चौथो जिल्ला महाधिवेशन

“
असोज १४, सुनसरी । मोरङको ग्रामथान गाउँ पालिका वडा नम्बर ४ मा शनिवार हनुमान आराधना मण्डल मोरङको चौथो जिल्ला महाधिवेशन सम्पन्न भएको छ ।
हनुमान आराधना मण्डलको जिल्ला महाधिवेशनले ११ सदस्य मोरङ जिल्ला समिति गठन गरेको छ । महाधिवेशनबाट अध्यक्षमा पुलीस विश्वास, उपाध्यक्षमा कुमार प्रसाद घिमिरे, महिला उपाध्यक्षमा फुल कुमारी चौधरी, सचिव ईश्वर सरदार, सह सचिव नेहा चौधरी, कोषाध्यक्षमा भवानीदेवी सरदार निर्वाचित भएका छन् ।
यसैगरी सदस्यहरुमा निरन्जन सरदार, वैताल भगत लगायत रहेका छन । महाधिवेशनको बन्दशत्रले ४ जना केन्द्रिय प्रतिनिधि र ८ जना १ नम्वर प्रदेश धर्म सांसद समेत चयन गरेको थियो ।
जिल्ला महाधिवेशनको कार्यक्रममा विशिष्ठ अतिथिहरु हनुमान आराधना मण्डल नेपालका केन्द्रिय अध्यक्ष रामनारायण ठाकुर, हिन्दु स्वयं सेवक संघ नेपालका राष्ट्रिय प्रचारक बेदप्रकाशजीले अहिले चारैतिरबाट सनातन हिन्दु धर्म मेटाउने प्रयास भइरहेकोले सचेत हुनुपर्ने, हिन्दु धर्म रक्षाकोलागि यूवाहरु लाग्नुपर्ने र यसकालागि सम्पूर्ण हिन्दुहरु एकजुट भएर बढ्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा सुनसरी, सप्तरी, सिरहा, धनुषा लगायत विभिन्न जिल्लाबाट हनुमान आराधना मण्डलका अध्यक्ष, सदस्यहरु सन्त समाज लगायतको उपस्थिती रहेको थियो ।
कार्यक्रमका संयोजक तथा नव गठित अध्यक्ष पुलीस विश्वासले हिन्दु धर्म रक्षाकोलागि मोरङमा महायज्ञ गरिने बताए । जिल्ला समन्वय समिति मोरङका सदस्य समेत रहेका विश्वासले मोरङमा १०० फिटको हनुमानको प्रतिमा स्थापना गर्ने योजना रहेको जनाए ।
कार्यक्रममा प्रमुख अतिथि रहँनु भएका १ नम्वर प्रदेश सभा सदस्य चुमनारायण तवदारले हिन्दु धर्म रक्षाकोलागि सबै मिलेर लाग्नुपर्ने बताउँदै १०० फिटको हनुमानको प्रतिमाकोलागि आफुले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए ।








