त्रिशूली नदीमा ट्रक खस्दा एकको मृत्यु, २ घाईते
२०७४ जेठ १५ गते

मंसिर २०, काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत मलेखुनजिकैबाट ट्रक त्रिशूली नदीमा खस्दा एकजनाको घटनास्थलमा नै मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् ।
मृत्यु हुनेमा मकवानपुर, मनहरिका सुरेश थोकर रहेका छन् । घाइतेको नाम खुल्न नसकेको प्रहरीले जनाएको छ । वीरगन्जबाट काठमाडौं आउँदै गरेको ना ६ क ९० ८७ नम्बरको ट्रक आज त्रिशूली नदीमा खसेको जनाइएको छ ।
दुर्घटना सम्बन्धि थप बिवरण आउन बाँकी छ ।
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








