झापाको दमकमा मोटरसाइकल ठक्करबाट चालकको मृत्यु

दमक, असार २७ । यात्रीबाहक बसको ठक्करबाट झापाको दमकमा मंगलबार बिहान एक मोटरसाइकल चालकको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालयकाअनुसार मृत्यु हुनेमा मोरङ, राजघाटका ५५ वर्षीय नरबहादुर श्रेष्ठ छन् ।

पूर्वपश्चिम राजमार्गको चियादोकान सडकखन्डमा विराटनगरबाट झापाको काँकभिट्टातर्फ आइरहेकोे को१ख ४४६८ नम्बरको बसले सोही दिशातर्फ आइरहेको को२१प ४६२३ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

ठक्करबाट गम्भीर घाइते श्रेष्ठको उपचारकाक्रममा न्युरो अस्पताल विराटनगरमा मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकका प्रहरी निरीक्षक मिलन बस्नेतले जानकारी दिए । ठक्कर दिने बस र चालकलाई इलाका प्रहरी कार्यालयले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × one =