बलुको हत्यामा संलग्न तीन जना समातिए, चार बजे सार्वजनिक गरिँदै

काठमाडौं,माघ ७। रुपन्देहीको देवदहका व्यवसायी वसन्त पौडेल (बलु) को हत्यामा संलग्नलाई पक्राउ गरिएसँगै सार्वजनिक गरिने भएको छ ।

 

केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी) का एसपी घनश्याम अर्यालले ३ जनालाई आज आइतबार ४ बजे सार्वजनिक गर्ने बताएका छन् । फर्निचर व्यवासायी बलुको गत २१ पुसमा को गोली हानी हत्या गरिएको थियो । आइबार दिउँसो ४ बजे पत्रकार सम्मेलन मार्फत् हत्यामा संलग्न तीन जनालाई सार्वजनिक गरिदैछ ।

उता, प्रहरीका अनुसार घटनामा मनोज पुन समूहकै संलग्नता रहेको पुष्टि भएको छ । यसअघि घटना लगत्तै पुनले स्थानीय सञ्चारकर्मीहरुलाई फोन गरेर आफूले पौडेलको हत्या गरेको दाबी गरेका थिए । यसअघि गत वर्ष पौडेलका साथी ४० वर्षीय पौडेल दुर्गा तिवारीको पनि गोली हानी हत्या गरिएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 2 =