सुनसरी ३ मा एमालेको पक्षमा व्यापक जन लहर: भगवती चौधरी

मङ्सिर १, सुनसरी । सुनसरी क्षेत्र नम्बर तीनमा वाम गठबन्धनकी साझा उम्मेदवार भगवीत चौधरीले आफ्नो पक्षमा जनताको जनलहर बढ्दै गएकाले आफू उत्साहित हुँदै गएको र मेरो जीत सुनिश्चित रहेकाे दाबी गरेकी छन् ।
बाम गठबन्धनले गढीको छिटाहा, सत्तेरझोरा र ईनरुवाको चाँदवेलामा सञ्चालन गरेको कार्यक्रमलाई सम्बाेधन गर्दै उनले जनताको अनुहारमा मुस्कान र आँगनमा खुसी ल्याउन कुनै कसर बाँकी नराख्ने प्रतिबद्ता जनाइन् । कार्यक्रममा लोकतान्त्रिक फोरम, नेपाली काँग्रेस र सङ्घीय समाजवादी फोरम लगायतका पार्टी परित्याग गरी एमाले प्रवेश गरेका सय जनाभन्दा बढी नेता कार्यकर्तालाई उनले अबिर लगाएर पार्टीमा स्वागत गरेकी थिइन् ।
एमाले प्रवेश गर्ने व्यक्तिहरूले सुनसरी क्षेत्र नम्बर तीनको सम्वृद्धि र विकास भगवति चौधरीको नेतृत्वमा मात्र हुन सक्ने विश्वासमा एमाले प्रवेश गरेको बताएका थिए । उनीहरूले आफू आबद्ध रहेको पार्टी जनताको समस्याहरूको उचित सम्बोधन नगरिएको र जनताले परिवर्तन चाहेकाले जनताको भावना अनुसार एमालेले मात्र देशको परिवर्तण गर्न सक्ने भएकाले आफूहरू एमाले पार्टी रोजेको बताए । सुनसरी क्षेत्र नम्बर तीनमा बाइस वर्ष देखीको एकल सर्वसत्तावादलाई तोडेर नेतृत्व परिवर्तन गर्नु पर्ने आवश्यकत्तामा उनीहरूले जोड दिएका थिए ।
उनले सुनसरी क्षेत्र नम्बर तीनको विकास र सम्वृद्धिको अभियानमा अग्रसर हुन जनतालाई आग्रह गरिन् । उनले झुठा आश्वासन, पद र पैसाको प्रलोभन देखाउनेले जनताको कहिल्यै पनि भलो नगर्ने भन्दै सचेत गराइन । उनले केन्द्र र प्रदेशमा एमालेको सरकार बन्ने कुरामा विपक्षीहरूले पनि स्वीकार गरेको बताइन ।








