धरान खानेपानी आयोजनाको काम तत्काल रोक्न माग

धरान, माघ ५ । विकासका नाममा पुरातात्विक महत्वका सम्पदाहरु नष्ट गर्न खोजेको भन्दै धरानमा संञ्चालित आईयुडिपीको धरान खानेपानी आयोजनाको काम अबिलम्ब रोक्न संघीय लिम्बुवान मञ्च नेपालले माग गरेको छ ।

मंञ्चका सम्योजक संजुहाङ सावाले धरानको खानेपानी आयोजनाले बिजयपुरमा रहेको ऐतिहासिक राजा बृद्धिकर्ण हाङको दरबारको ईतिहास मेटीने काम गरेको भन्दै धरान नगरपालिकाले थालेको धरान खानेपानीको काम रोक्नुपर्ने बताए ।

उनले बिभिन्न समयमा धरानमा खानेपानीको बिरोध हुदाहुदै पनि दलहरुको मिलोमतोमा खानेपानी निर्माणको काम गरेको भन्दै आक्रोस समेत ब्यक्त गरे ।

बिजयपुर एक ऐतिहासीक धरातल भएकाले पनि यहाको इतिहास मेटाउन नहुने उनको तर्क  छ ।

आफुहरुले धरान १३ र १४ वडाकै केही भाग पञ्चकन्या मुनि चाक्लोमा खानेपानी टयाङकी निर्माण गर्न विकल्प दिंदादिदै पनि अटेरी गरेकोले आन्दोलन गर्नुको विकल्प नरहेको सावाले बताए ।

संघीय लिम्बुवान मंञ्चद्धारा जारी गरीएको विज्ञप्तिमा बिजयपुरको एेतिहासिक दरबार मासिने कार्य मान्य नहुने र ऐतिहासिक सम्पती संरक्षण गर्न आफुहरुले जस्तोसुकै कदम चाल्न पछि नहट्ने समेत उल्लेख छ ।

मंञ्चले धरानको ऐतिहासिक स्थल बिजयपुरको दरबारलाई पर्यटकीय स्थल वा एेतिहासिक धरोहरको रुपमा १ नम्बर प्रदेशको मुख्य मन्त्रीको कार्यालय बनाउन सक्ने सुझाव पनि दिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen + seven =