सैनिक महाविद्यालय बन्यो


भरतपुर । पूर्वीचितवनमा रहेको सैनिक आवासीय महाविद्यालय ‘रियल स्कूल अफ चितवन–२०१७’ बनेको छ । सहभागी ३२ विद्यालयमध्ये सैनिक विद्यालय रियल स्कूल अफ चितवन–२०१७’ बन्न सफल भएको हो ।
सैनिक आवासिय महाविद्यालय अब रियल स्कूल अफ नेपाल–२०१७ मा भाग लिन पाउने छन् । सनराइज इङलिस स्कूल भरतपुरमा भएको छनौट प्रतियोगितामा समग्रमा उत्कृष्ट नतिजाका साथ सैनिक महाविद्यालय उपाधि जितेको सह–कार्यकारी निर्माता लव कार्कीले जानकारी दिए । चितवनमा ३२ वटा विद्यालयले उत्साहजनक सहभागिता जनाएका थिए ।
अब अर्को कार्यक्रम पोखरामा हुँदैछ । यस कार्यक्रमअन्तर्गत फुटबल जगलिङ, पेन्टिङ, नृत्य, गायन र क्यारिकेचर प्रतियोगिता भएको थियो । प्रतियोगिताको निर्णायकहरुमा वरिष्ठ चित्रकार किरण मानन्धर, वरिष्ठ अभिनेत्री मिथिला शर्मा, वरिष्ठ गायिका विमला राई, राष्ट्रिय फुटबल खेलाडी सुरेन्द्र तामाङ र संचारकर्मी प्रभात रिमाल थिए ।
यसअघि यस कार्यक्रम बुटवलमा गरिएको थियो । रियल स्कुल छनौट कार्यक्रम देशका विभिन्न ९ शहरमा हुन लागेको हो । सबै शहरबाट छनौट भएका स्कुलहरुको अन्तिम प्रतिस्पर्धा काठमाडौंमा हुने जनाइएको छ । यस प्रतियोगिता डाबर नेपाल र लेमन एडभरटाइजिङ एजेन्सीको आयोजनामा भएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − 12 =