सडकबाटै पूर्व मन्त्रीको उद्घोष, प्रदेश र केन्द्रीय सरकार वामपन्थीको कब्जामा

रणध्वज लोहार, धरान । पूर्व मन्त्री तथा नेकपा एमालेका केन्द्रीय सचिव भीम आचार्यले कम्युनिस्ट नेतृत्वको वामपन्थी सरकारले प्रदेश सरकार र केन्द्रीय सरकार कब्जा गर्ने उद्घोष गरेका छन् । बुधवार सुनसरी क्षेत्र नम्बर १ स्थित धरान १८ को वुद्धचौकमा आयोजित चुनावी घरदैलो अभियानको कोणसभालाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् ।

आगामी मङ्सिर २१ गते हुने निर्वाचनको प्रदेश सभा तर्फ सुनसरी क्षेत्र नम्बर १ ‘ख ’ का उम्मेदवार रहेका आचार्यले प्रदेश सभा र केन्द्रीय सभामा कम्युनिस्ट नेतृत्वको वाम पन्थी उम्मेद्धवारहरुले बहुमत ल्याउने भएकाले मुलुक सन्चालनको जिम्मेवारी वाम पन्थीहरुको काँधमा आएको दाबी समेत गरे । उनले भने , ‘निर्वाचनमा दुई तिहाई मत आउँछ, वाम पन्थी नेतृत्वमा आगामी ५ वर्ष स्थायी सरकार बन्ने पक्का पक्की हो ।’ आचार्यले मुलुकको दीर्घकालीन विकास, आर्थिक सम्वृद्धि र सम्मुनत नेपाल बनाउनका लागि पनि कम्युनिस्ट नेतृत्वको वामपन्थी सरकार आवश्यक रहेको बताएका छन् ।

विगतको इतिहासमा नेपाली काग्रेसले २ पटक बहुमत ल्याएर पनि मुलुकको समृद्धि र विकास गर्न सकेन, लोकतन्त्रको नाममा लुटतन्त्र मच्याएर मुलुकलाई उँधो गतितिर धकेलेको उनको भनाई छ । तर, एमाले नेतृत्वको ९ महिने सरकार र पार्टी अध्यक्ष केपी ओली नेतृत्वको सरकारले ऐतिहासिक जनमुखी काम गरको बताउँदै अब वामपन्थी नेतृत्वको सरकारले जन जीविका, रोजगार, विकास र समृद्धि गर्ने उनले बताए । त्यसैले इतिहाँसलाई साँची राख्दै जनताले अलमल नगरी आगामी मङ्सिर २१ गते चुनावमा वामपन्थी उम्मेद्धवारलाई निर्धक्क भएर विजय गराउन समेत कोण सभामा सम्बोधन गर्दै उनले आग्रह गरेका छन् ।

त्यसै गरी अर्को प्रसङ्गमा उनले धरानलाई सम्मुनत नगर बनाउनु अति आवश्यक भइसकेकाे बताए । धरानको पर्यटन प्रवद्र्धन, कृषि विकास, स्वास्थ्य, शिक्षा नै धरानलाई सम्मुनत बनाउन सकिने आधार भएको पूर्व मन्त्री एवं एमाले सचिवले आचार्यले बताए । बहुजातीय, बहुभाषिक र ऐतिहाँसिक स्थल धरान भएकाले अब वाम पन्थी उम्मेद्धवारको विजयीले धरानको विकासले कायापलत हुने उनकाे दाबी थियाे । बुधवार बिहानै देखि उम्मेद्धवारहरुले धरान १८ र १९ नम्बर वडामा घरदैलो अभियान सञ्चालन गरेका थिए । वाम उम्मेद्धवारहरु भीम आचार्य सहित जय कुमार राई, प्रदीप भण्डारी, समानुपातिक उम्मेद्धवार सावित्री श्रेष्ठ र उमिता बराइली ( रिमा ) तथा नेता र कार्यकर्ताहरूले जनताको घर घर पुगेर वाम उम्मेद्धवारलाई विजय गराउन आग्रह गरेको संयक्त बाम गठबन्धन निर्वाचन परिचालन कमिटीका संयोजक प्रकाश राईले बताए ।








