विश्वकप छनोटमा जर्मनीको शानदार प्रदर्शन, लगातार सातौं जित
२०७४ जेठ १५ गते

काठमाडौं, भदौ १७ । विश्वकप फुटबल छनोट प्रतियोगितामा जर्मनीले शानदार प्रदर्शन जारी राख्दै लगातार सातौं जित हासिल गरेको छ ।

शुक्रबार राति भएको खेलमा जर्मनीले चेक गणतन्त्रलाई २–१ ले पराजित गर्दै आफ्नो विजययात्रा जारी राखेको हो । समूह ‘सी’ मा रहेको जर्मनीले सात खेलबाट २१ अंक बटुल्दै समूहको शीर्ष स्थान कब्जा गरेको छ ।
जर्मनीको जितमा टिनो वर्नर र म्याट्स हमल्सले १÷१ गोल गरेका थिए । चेक गणतन्त्रका लागि भने भ्लादिमिर डारिडाले एक गोल गरे ।
खेलको चौथो मिनेटमै वर्नरको गोलबाट अग्रता लिएको जर्मनीले दोस्रो गोल भने ८८ औं मिनेटमा गरेको हो ।
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








