लोहोरुङ समाजद्वारा ६ बाढीपीडितलाई सदस्यलाई राहत प्रदान

 

धरान (सुनसरी), भदौँ २४ । युकेले लोहोरुङहरुको धार्मिक स्थल ‘इक साम्भाङ स्थल’ संरक्षणार्थ ३ लाख ७३ जहार ८९९ रुपैयाँ आर्थिक सहयोग गरेको छ । यसैबिच लोहोरुङ राई समाज सुनसरीले बाढीबाट प्रभावित आफना ६ जना सदस्यहरूलाई राहत रकम प्रदान गरेको छ । समाजका कोषाध्यक्ष मणी राईले सो रकम बराबरको चेक हस्तान्तरण गरेका थिए ।

समाजको तरहरामा संरक्षणार्थ स्थल रहेको छ । यसैबिच समाजलाई क्यानडाबाट पनि २२ हजार रुपैयाँ सहयोग आएको छ ।

समाजले धरानमा एक कार्यक्रम गर्दै आफना सदस्यहरू बालकृष्ण राई, लालबहादुर राई, देउकी राई, जयबहादुर राई, गोपाल राई, र अनुप राईलाई जनही नगद ११ हजारका दरले राहत रकम प्रदान गरेको हो । गत साउनको अन्तिम साता आएको बाढीले उनीहरू प्रभावित बनेका थिए । यसैबिच देवी राईलाई समेत ४ हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ । कार्यक्रममा जिल्ला अध्यक्ष शिवकुमार राई तथा लोहोरुङ राई समाज युकेका कोषाध्यक्ष मणी राईले उनीहरूलाई रकम प्रदान गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 − 3 =