सरकारी सवारी चालकलाई जोगाउन सर्वसाधारणमाथि लाठीचार्ज ( भिडीयो सहित )

काठमाडौं । सरकारी गाडीले मोटरसाईकललाई ठक्कर दिँदा उत्पन्न विवादमा प्रहरीले सर्वसाधारणलाई लाठी चार्ज गरेको छ ।
आज अपरान्ह पुतलिसडकबाट सिंहदरवार तर्फ जादै गरेको बा. २ झ. १६८५ नम्बरको सरकारी जिपको ठक्करबाट डिल्लीबजार बस्ने मोटरसाईकल चालक ४२ वर्षिय सुदिप भट्टराई गम्भिर घाइते भए । प्रहरीले घाइतेलाई सहयोग नगरी उल्टै दुर्घटना गराउने सवारी चालक ऋषी प्रसाद सिंखडालाई बचाउन खोज्दा स्थानीयले विरोध गरेका थिए ।
स्थानीयको अवरोध हटाउन ड्युटिमा खटिएका प्रहरीले लाठी चार्ज गरेको प्रत्यक्षदर्शी अनिता खनालले बताईन् । ‘प्रहरीले दुर्घटना गराउनेलाई जोगाउन खोज्दा हामीले विरोध गर्दा प्रहरीले लाठि चार्ज ग¥यो ।’ उनले भनिन् ।

Displaying IMG_0748.JPG

मोटरसाईकलमा सवार २ जना मध्ये चालक भट्टराईको दाहिने खुट्टामा गम्भिर चोट लागेको छ । मोटरसाईकलको पछाडी सवार २७ वर्षिय हरी अधिकारी सामान्य घाइते भएका छन् । सर्वसाधारणले प्रहरीले सरकारी कर्मचारीको गल्तीलाई जोगाउन आफुहरु माथी अन्धाधुन्ध लाठि प्रहार गरेको भन्दै प्रहरीमाथी आक्रोस ब्यक्रि गरेका छन् । ड्यूटिमा खटिएका ट्राफिक प्रहरीले भने सवारी आवागमन खुलाउन सामान्य बल प्रयोग गरेको दावि गरेका छन् ।
विपरित दिशाबाट आएको सरकारी गाडीले मोटरसाईकललाई ठक्कर दिँदा दुर्घटना भएको सिंहदरबार प्रहरी वृत्तले जनाएको छ ।
सरकारी सवारी चालक कागेश्वरी मनोहरा–४ निवासी ऋषीप्रसाद सिंखडा हाल प्रहरी नियन्त्रणमा छन् । दुर्घटना गराउने सरकारी सवारी भने ट्राफिक प्रहरी महाशाखा बग्गीखानामा राखिएको छ ।

https://youtu.be/8BV93HYuN90

https://youtu.be/J6szuWRkhbw

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − seven =