सरकार शान्ति सुरक्षा कायम गर्न असफलः विजयकुमार गच्छदार

“
असोज ११, काठमाडौं । नेपाली कांग्रेसका प्रतिपक्षदलका नेता विजयकुमार गच्छदारल सरकार शान्ति सुरक्षा कायम गर्न असफल भएको बताए । उनले भने पछिल्लो समय मुलुकमा बढ्दै गएको महिला हिंसा हत्या बलात्कार बढ्दै जादा त्यसप्रति गृहमन्त्री संवेदनशील नभएको आरोप लगाए ।
बिहीबार संसद बैठकलाई संबोधन गर्दै नेता गच्छदारले सरकार यो भन्दा निरिह बनेको आफूले अहिलेसम्म नदेखेको जिकिर गरे । ‘राज्य कतिसम्म निरिह बनेको छ भने केपी ओलीले संसदहरुसँग गुहार माग्नुहुन्छ, किन सरकारको प्रतिरक्षा नगरेको भन्नुहुन्छ’ उनले भने ‘ प्रधानमन्त्रीहरुले यस्तो कहिले बोलेको सुनेको थिइन ।
प्रधानमन्त्री ओलीले विगतमा सर्वपक्षीय बैठकहरुमा संघीयता विरोधी अभिव्यक्ति दिने गरेको भन्दै नेता गच्छदारले प्रधानमन्त्री भएका बेला संघीयता असफल बनाउन खोजेको आरोपसमेत लगाए ।उनले भने सरकारको निरिहताबारे, सरकारको क्रियाकलापप्रति लज्जाबोध गर्ने खालको अभिव्यक्ति आएको छ ।
।
“








