भाइटिकाको दिनदेखि बेपत्ता तिन बालक अझै फेला परेनन्
२०७४ जेठ १५ गते

कात्तिक ८, कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–११ का तीन बालक भाइटिकाको दिनदेखि बेपत्ता भएका छन् । कलुवापुरका ११ वर्षीय प्रकाश कठायत, प्रकाश साउद र केशव बिष्ट बेपत्ता भएका हुन् ।

प्रकाश कठायतले घरबाटै नगद रु ७७ हजार र रु १५ हजार मूल्य पर्ने मोबाइलसमेत लगेर बेपत्ता भएकाले कसैले प्रभोलनमा पारेर बेपत्ता पारेको उनका बुबा दीपेन्द्रबहादुर कठायतले बताए । उनको कानमा सुनका मुन्द्रासमेत भएको उनको भनाइ छ ।
‘घरबाटै भागेकै दिन दिउँसो कैलालीको अत्तरिया बजारमा छिमेकीले देखेका थिए,’ उनले भने, ‘त्यसपछि छोराको पत्तो लाग्न सकेको छैन ।’
पैसा र सुनको मुन्द्राका लागि छोरालाई बेपत्ता बनाइएको उनले आशंका गरेका छन् । यसबारे सम्भावित क्षेत्रमा खोजी गर्दासमेत भेट्न नसकेपछि प्रहरीलाई खोजीका लागि आग्रह गरिएको बेपत्ता बालकका आफन्तहरुले बताएका छन् ।रासस
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








