अमिताभ बच्चनको ब्लगमा मनका कुरा यस्ता छन्

काठमाडौं, असार २९ । अमिताभ बच्चन यो वर्ष ७५ वर्ष पुग्नेछन् । तर उमेर बढेपनि उनको चलचित्रप्रतिको जोश र जाँगरमा कुनै कमी आएको छैन । अमिताभ भन्छन्, “सन् २०१९ मा पनि उनको ‘वर्क डायरी’ भरिएकै हुनेछ ।”

अमिताभले आइतबार राति आफ्नो ब्लगमा लेखे, “भाग्यको कुरो हो, भोलिदेखि म पुनः काममा जाँदैछु । ‘१०२ नटआउट’ यो महिनाको अन्तमा वा अगस्ट सुरु हुने केही दिनभित्र यसको सुटिङ सकिने आशा छ ।”

उनी अघि लेख्छन्, फेरि ‘केबीसी’ त्यसपछि अन्य परियोजना फेरि ‘ठग्स अफ हिन्दुतान’ र त्यसपछि मात्रै सन् २०१८ मा अझै धेरै । आशा छ, २०१९ मा पनि यो सिलसिला जारी रहनेछ ।”

अमिताभको जन्मदिन ११ अक्टुबर हो । उनी चलचित्र ‘१०२ नटआउट’ मा अभिनेता ऋषि कपुरका पिता बनेका छन् । र, चलचित्र ‘ठग्स अफ हिन्दुस्तान’ मा उनी पहिलोपटक आमिर खानसँग देखिनेछन् ।

पुरा पढ्न तलको लिङकमा क्लिक गर्नुहोस्

http://srbachchan.tumblr.com/

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 + 5 =