ल्वाङ्मा डा.बाबुरामको गन्थन !

पोखरा,पुष २० । नयाँ शक्ति नेपाल पार्टीका संयोजक बाबुराम भट्टराईले कास्कीको ल्वाङमा सम्पन्न बैठकलले पार्टीमा बैचारीक एकता कायम गर्दै बैकल्पिक राजनैतिक शक्तिका रुपमा बिकास गर्ने बताएका छन् ।

 

 

ल्वाङमा तीन दिन सम्म चलेको महाधिवेशन आयोजक समितिको बैठकको समापन पछि आयोजित पत्रकार सम्मेलनमा बोल्दै भट्टराईलेलवाङमा सम्पन्न ऐतिहासिक बैठकले अनुमोदन गरेको बैचारिक एकाताको जगमा उभिएर पार्टीलाई बैकल्पीक राजनैतिक शक्तीको रुपमा बिकास गर्ने बताए । ‘बैठकले महाधिबेशनको तयारी र बिचारको मन्थन गरेको छ’ उनले भने । ‘बैठकले चुनावी समिक्षा र भावी योजनाका वारेमा गहन मन्थन ग¥यो, आगमी दिनमा जुनसुकै हालतमा मुलुकको बैकल्पीक राजनैतिक शक्ती बनाएरै छाड्छौं।’

संयोगक भट्टराईले नयाँ शक्ती पार्टीले नयाँ सस्कारको बिकास गर्ने बताउदै बैकल्पिक राजनीतिक शक्ति बनाएर छाड्ने संकल्प गरेको बताए । उनले अब बन्ने नयाँ सरकार तथा कांग्रेससँग मुद्दाका आधारमा सहकार्य वा आलोचना गर्ने बताए ।

चुनावमा सर्वनाक हार ब्यहोरेपछि पार्टीले भुमीगत शैलीमा समिक्षा गर्न बैठक कास्कीको ल्वाङमा तीन दिनसम्म बसेको थियो । तीन दिन सम्म चलेको बैठकले पार्टीलाई सशक्त बैकल्पिक राजनीतिक शक्तिका रुपमा विकास र विस्तार गर्ने लगायत १० बुँदे घोषणा पत्र जारी गरेको छ ।

बैठकमा आगामी फागुन १०, ११ र १२ गते संघीय परिषद्को बैठक बस्ने र ५ वर्षे कार्ययोजना बनाउने निर्णय भएको छ । ल्वाङ बैठकले आगमी दिनमा पार्टीले संगठन विस्तार र सुदृढिकरण अभियान सहित समाजिक–राजनीतिक सृद्धीढीकरण गर्न सुझाव दिएको छ । बैठकमा करिब दुई सय जना महाधिवेशन प्रतिनिधि एवं विभिन्न पदाधिकारीहरुको सहभागिता रहेको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 − 2 =