माओवादी केन्द्रले देउवा सरकारमा महराको नेतृत्वमा ८ मन्त्री पठाउने

काठमाडौं : नेकपा माओवादी केन्द्रले तीन मन्त्रीको नाम टुंगो लगाएको छ । माओवादीले पहिलो चरणमा तीन मन्त्रीको नाम टुंग्याएको हो । माओवादीले कृष्णबहादुर महरा, जनार्दन शर्मा र प्रभू शाहको नाम टुंगो लगाएको छ । नेकपा माओवादी केन्द्रले देउवा सरकारमा कृष्ण बहादुर महराको नेतृत्वमा आफ्ना ८ मन्त्री पठाउने भएको छ ।

माओवादी केन्द्रको बैठकले कृष्ण बहादुर महरालाई उपप्रधानमन्त्री सहित परराष्ट्रमन्त्रीको जिम्मेवारीमा पठाएको छ । त्यस्तै जनार्दन शर्मालाई गृहमन्त्रीमा पठाउने माओवादीले निर्णय गरेको छ । माओवादीले प्रभु साहलाई पनि आजै सपथका लागि पठाएपनि मन्त्रालय भने अझै टुंगिएको छैन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 3 =