प्रदेश प्रमूख र अस्थाई तोक्ने बारे निर्णय गर्न आज मन्त्री परिषद्को वैठक बस्दै 

काठमाडौं, पुस २० । प्रदेश प्रमूख र अस्थाई मुकाम तोक्ने बारेमा निर्णय गर्न आज मन्त्री परिषद्को वैठक बस्दैछ । साँझ बस्ने बैठकपछि प्रदेश प्रमूख तोकिने र अस्थाई राजधानी पनि तोकिने बाणिज्यमन्त्री मीन विश्वकर्माले जानकारी दिनुभयो ।

सरकारले सर्वदलीय बैठकमा अस्थायी मुकामको विषयमा सहमति जुटाउने र त्यसपछि मन्त्रिपरिषद् बैठक बसेर अनुमोदन गर्ने तयारी गरेको छ । यसअघि निर्वाचन आयोगले छिटोभन्दा छिटो प्रदेश प्रमुखहरूको नियुक्ति गर्न सरकारको ध्यानाकर्षण गराएको थियो । प्रदेशसभाको समानुपातिकतर्फको सिट बाँडफाँड गरी दलहरूले प्राप्त गरेको सिट तोक्ने कार्य सम्पन्न भइसकेको भन्दै आयोगले चाँडै प्रदेशसभाको निर्वाचन परिणाम सहितको प्रतिवेदन घोषणा गर्न लागेको बताएको छ ।

प्रदेशसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६२ मा निर्वाचनको नतिजा घोषणा भएको सात दिनभित्र प्रदेश प्रमुखसमक्ष प्रतिवेदन बुझाउनु पर्ने व्यवस्था रहेको भन्दै आयोगले सरकारलाई छिटो प्रदेश प्रमुख तोक्न आग्रह गरेको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × five =