भारतका लागि नेपाली राजदूत उपाध्यायद्वारा राजीनामा

काठमाडौँ, २० असोज । भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायले पदबाट राजीनामा दिनुभएको छ ।

राजदूत उपाध्यायले सामाजिक जीवनमा फर्कनका लागि भन्दै आज पदबाट राजीनामा दिएको बताउनुभयो । राजदूत उपाध्यायले उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री कृष्णबहादुर महरालाई राजीनामा बुझाउनुभएको हो ।

राजदूत उपाध्यायले दिएको राजीनामा मन्त्रिपरिषद्ले स्वीकृत गरेपछि उहाँ राजनीतिमा फर्कनुहुने बताइएको छ ।  रासस

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − nine =