राष्ट्रिय सभा निर्वाचन: वाम गठबन्धन ३६सिट, कांग्रेस १३सिट (विजयीको नामसहित)

काठमाडौं, माघ २५ ।  राष्ट्रियसभा निर्वाचनमा वाम गठबन्धनले ३६ सिट जितेको छ । ५६ सिटमध्ये एमाले २५ सिट र माओवादी केन्द्रले ११ सिट जितेको हो। त्यस्तै, कांग्रेसले १३ सिट जितेको छ । संघीय समाजवादी फोरम र राजपाले दुई–दुई सिट जितेका छन् । मतदान सकिएलगत्तै अपराह्नदेखि मतगणना सुरु भएको थियो ।

परिणामअनुसार वाम गठबन्धनको वर्चस्व देखिएको छ । बुधबार २ नं प्रदेशबाहेकका ६ वटा प्रदेशहरुमा मतदान भएको थियो । २ नम्बरमा सबै उम्मेदवारहरु निर्विरोध निर्वाचित भएपछि चुनाव नभएको हो ।

प्रत्येक प्रदेशबाट कम्तीमा तीन महिला, एक दलित र एक अपांगता/अल्पसंख्यकसहित ५६ जना निर्वाचित हुनुपर्नेछ। ५९ सदस्यीय राष्ट्रियसभामा सरकारको सिफारिसमा राष्ट्रपतिबाट कम्तीमा एक महिलासहित तीनजना मनोनित गर्ने संवैधानिक व्यवस्था छ।

विभिन्न राजनीतिक दलबाट राष्ट्रियसभा सदस्यमा निर्वाचित/निर्विरोध भएकाहरुको नामावली

प्रदेश १
अन्य समूहतर्फ

  • परशुराम मेघी गुरुङ (निर्विरोध), एमाले
  • हरिचरण शिवाकोटी (निर्विरोध), एमाले
  • रमेशजङ्ग रायमाझी (निर्विरोध), कांग्रेस

महिलातर्फ

  • नैनकला ओझा (निर्विरोध), एमाले
  • विना पोखरेल (निर्विरोध), माओवादी केन्द्र
  • सरिता प्रसाईं रायमाझी (निर्विरोध), कांग्रेस

दलिततर्फ

  • खेमराज नेपाली (निर्वाचित), एमाले
  • अपाङ्ग/अल्पसंख्यकतर्फ
  • अगमप्रसाद बान्तवा राई (निर्वाचित), एमालेप्रदेश २

अन्य समूहतर्फ

  • जीतेन्द्र देव (निर्विरोध), कांग्रेस
  • रमेशप्रसाद यादव (निर्विरोध), राजपा
  • सुमनराज प्याकुरेल (निर्विरोध), एमाले

महिलातर्फ

  • शशीकला दाहाल (निर्विरोध), माओवादी केन्द्र
  • मुक्ताकुमारी यादव (निर्विरोध), कांग्रेस
  • प्रमिला कुमारी (निर्विरोध), फोरम नेपाल
  • अल्पसंख्यक वा अपाङ्गतर्फ
  • वृषेशचन्द्र लाल (निर्विरोध), राजपा

दलिततर्फ

  • रामप्रित पासमान (निर्विरोध), फोरम नेपाल

प्रदेश ३

अन्य समूहमा

  • बलराम प्रसाद बास्कोटा (निर्वाचित), एमाले
  • राधेश्याम अधिकारी (निर्वाचित), कांग्रेस
  • रामबहादुर थापा (निर्वाचित), माओवादी केन्द्र

महिलातर्फ

  • उदया शर्मा पौडेल (निर्वाचित), एमाले
  • दिलकुमारी रावल थापा (निर्वाचित), एमाले
  • धनकुमारी खतिवडा (निर्वाचित), कांग्रेस

दलिततर्फ

  • सिंहबहादुर विश्वकर्मा (निर्वाचित), एमाले
  • अल्पसंख्यक वा अपाङ्गतातर्फ
  • रामचन्द्र राई (निर्वाचित), एमालेप्रदेश ४

अन्य समूहतर्फ

  • गणेशप्रसाद तिमिल्सिना (निर्वाचित), एमाले
  • दीनानाथ शर्मा (निर्वाचित), माओवादी केन्द्र
  • सुरेन्द्रराज पाण्डे (निर्वाचित), कांग्रेस

महिलातर्फ

  • शान्तिकुमारी जिसी (निर्वाचित), एमाले
  • दीपा गुरूङ (निर्वाचित), एमाले
  • विन्दादेवी आले (निर्वाचित), कांग्रेस

दलिततर्फ

खिमकुमार विक (निर्वाचित),एमाले

अल्पसंख्यक वा अपाङ्गतातर्फ

प्रकाश पन्थ (निर्विरोध), कांग्रेस

प्रदेश ५

अन्य समूहतर्फ

  • खिमलाल भट्टराई (निर्वाचित), एमाले
  • चन्द्रबहादुर खड्का (निर्वाचित),मा‌ओवादी केन्द्र
  • दुर्गाप्रसाद उपाध्याय (निर्वाचित), कांग्रेस

महिलातर्फ

  • अनिता देवकोटा (निर्विरोध), कांग्रेस
  • कोमल वली (निर्विरोध), एमाले
  • मिना बुढा (निर्विरोध), एमाले

दलिततर्फ

  • रामलखन चमार (निर्वाचित), एमाले
  • अल्पसंख्यक वा अपाङ्गतातर्फ
  • राजकुमार कुँवर (निर्वाचित), माओवादी केन्द्रप्रदेश६

अन्य समूह

  • मत गणना जारी
  • मत गणना जारी
  • मत गणना जारी
  • मत गणना जारीमहिलातर्फ
  • कविता बोगटी (निर्वाचित), एमाले
  • नन्दा शर्मा (निर्वाचित), एमाले
  • युटुल लामा (निर्वाचित), माओवादी केन्द्र

दलिततर्फ

  • नरपति लोहार (निर्वाचित), एमाले
  • अल्पसंख्यक वा अपाङ्गतातर्फ
  • जीवन बुढा(निर्वाचित), माओवादी केन्द्रप्रदेश ७

अन्य समूहतर्फ

  • शेरबहादुर कुँवर (निर्विरोध), एमाले
  • हरिराज चौधरी (निर्विरोध), माओवादी केन्द्र
  • बद्री पाण्डे (निर्विरोध), कांग्रेस

महिलातर्फ

  • इन्दु कडरिया (निर्विरोध), एमाले
  • कमलाकुमारी वली (निर्विरोध), एमाले
  • तारादेवी भट्ट (निर्विरोध), कांग्रेस

दलिततर्फ

  • चक्र स्नेही (निर्वाचित), एमाले
  • अल्पसंख्यक वा अपांगतातर्फ
  • महेशकुमार महरा (निर्वाचित), माओवादी केन्द्र
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen − 10 =