वर्षमान पुनलाई लक्षित गर्दै गोली प्रहार, गाडीमा विस्फोट
२०७४ जेठ १५ गते

कात्तिक २५, रोल्पा । माओवादी केन्द्रका नेता एवं रोल्पाका उम्मेदवार वर्षमान पुन चढेको गाडी बिधुतीय धरापमा परेको छ । पुनलाई लक्षित गर्दै गोली समेत चलेको छ ।
रोल्पाको माडीगाउँपालिका–१ स्थित भिट्टाबाङ भन्ने स्थानमा पुगेका माओवादी नेता पुन चढेको गाडीमा विद्युतीय धराप विस्फोट भएको थियो । बाटोमा ओछ्याइएको धराप विस्फोट हुँदा पुन सवार गाडीमा समेत सामान्य क्षति पुगेको रोल्पा प्रहरीले जनाएको छ ।
आक्रमणबाट पुनसहितका अन्य नेता भने सुरक्षित छन् । गाडीमा पुन सँग माओवादी नेतृ जयपुरी घर्ती लगायतका नेता थिए । प्रहरी विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले आक्रमण गरेको अनुमान गरेको थियो ।
यसअघि हिजो रुकुममा माओवादी केन्द्रका नेता एवं विना विभागीय मन्त्री वर्षमान पुनमाथि लक्षित गर्दै बम आक्रमण भएको थियो ।
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








