रामचन्द्र, आरजु र विमलेन्द्रलाई राष्ट्रियसभामा मनोनित गर्ने देउवाको प्रस्ताव !

काठमाडौं, माघ २२ । प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रिय सभामा सरकारले मनोनित गर्ने तीन जनामा पार्टीका बरिष्ठ नेता रामचन्द्र पौडेल, पूर्व महामन्त्री विमलेन्द्र निधी र पत्नि आरजु राणालाई मनोनित गर्ने तयारी गरेका छन् ।  देउवाले  यसबारेमा पार्टीभित्र छलफल चलाएका छन् ।

यसअघि देउवाले माओवादी र एमालेलाई पनि समेट्न गरी प्रस्ताव गरे पनि सहमति नभएपछि अब तीनै जना कांग्रेसका नेतालाई मनोनित गर्ने प्रयास गरेका हुन् ।

देउवाले एमालेबाट बामदेव गौतम, माओवादीबाट नारायणकाजी श्रेष्ठ र कांग्रेसबाट आरजुलाई मनोनित गर्ने प्रस्ताव गरे पनि एमाले र माओवादी सहमत नभएपछि आरजुलाई नछुटाई पौडेल र निधीको नाम अघि सारेका हुन् ।

पछिल्लो प्रस्तावमा पार्टीभित्र सहमति नभए देउवाले आफ्नै इच्छाअनुसार मनोनित गर्ने बताइएको छ । देउवाले कांग्रेस पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेललाई पनि विकल्पमा रुपमा लिएको बताईएको छ ।

संविधानअनुसार राष्ट्रियसभामा तीन जना सदस्य सरकारको सिफारिसमा राष्ट्रपतिले मनोनित गर्ने व्यवस्था छ । कूल ५९ सदस्यीय सभामा ५६ जना भने प्रत्येक प्रदेशबाट ८ जनाका दरले निर्वाचित भएर आउनेछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve + 14 =