करणी मुद्दाका फरार अभियुक्त १६ वर्षपछि पक्राउ

असार २, लोकेन्द्र थापा । करणी मुद्दाका एकजना फरार अभियुक्तलाई दाङ प्रहरीले १६ वर्षपछि  पक्राउ गर्न सफल भएको छ । घोराही उपमहानगरपालिका वडा नं. ११ निवासी ३९ बर्षीय छविलाल भण्डारीलाई प्रहरीले बुधवार पक्राउ गरेको जानकारी दिएको छ ।
दाङका प्रहरी प्रमुख एसपी धिरज प्रताप सिंहले अभियुक्त भण्डारीलाई घरमै लुकिछिपी बसेको अवस्थामा पक्राउ गरिएको जानकारी दिएका छन् । दाङ देउखुरी जिल्ला अदालतले २०६० साल असार २ गतेका दिन भण्डारीलाई तीन वर्षको कैदको फैसला सुनाएको थियो ।
अदालतको निर्णय अनुसार ०५७ साल भदौ १८ गते देखि ०५८ मंसिर ७ गते सम्म कारागारमा बन्दी जीवन बिताएका थिए । तर, शसस्त्र द्धन्दको समयमा ०५८ साल मंसिर ८ गतेका दिन दाङमा भएको आक्रमणको समयमा जेल तोडफोड गरी भण्डारी फरार भएका थिए । भण्डारीको बाँकी रहेको १ वर्ष ९ महिना र १० दिनको कैद भुक्तानिका लागि दाङ देउखुरी जिल्ला अदालतमा बुझाइएको एसपी धिरज प्रताप सिंहले जानकारी दिनुभयो ।
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen + fifteen =