कृषकलाई तिन हजार देखि तिसहजार सम्म अनुदान
२०७४ जेठ १५ गते

“
चरिकोट, असोज ८ । दोलखाको तामाकोशी गाउँपालिकाले कृषकलाई अनुदान दिने निर्णय गरेको छ । गाउँ कार्यपालिकाको आइतबार बसेको बैठकले कृषकका लागि अनुदानको व्यवस्था गरेको हो ।
गाउँपालिकाका अध्यक्ष इश्वरचन्द्र पोखरेलका अनुसार कृषकको व्यवसाय पहिचान गरी रु तीन हजारदेखि रु ३० हजारसम्म अनुदान दिने निर्णय गरिएको छ । उन्नत जातको गाईपालन, भैँसीपालन, बङ्गुरपालन, भेडापालन, बाख्रापालन, माछापालन, माहुरीपालन, मसला बाली तथा फलफूल व्यवसाय गर्ने कृषकलाई अनुदान दिइने अध्यक्ष पोखरेलले बताए । “कृषकलाई उत्पादनमूलक क्षेत्रमा लगाएर व्यावसायिक बनाउन तथा जीवनस्तर उकास्ने उद्देश्यले अनुदानको व्यवस्था गरेका हौँ,” उनल भने
रासस
“
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








