बाग्लुङमा चुनावी सरगर्मी तीव्र, चित्रबहादुर केसीको विराशत लिने प्रतिस्पर्धामा नेताहरु

मङ्सिर ७, पोखरा । प्रदेश नम्बर ४ अन्तरगत पर्ने पश्चिम जिल्ला बाग्लुङमा चुवाबी सर्गर्मी चरम उत्कर्षमा पुगेको छ । राष्ट्रिय जनमोर्चा र काँग्रेसले निर्वाचन जित्दै आएको बाग्लुङमा यस पटक भने माओवादी केन्द्रका हस्ती एवं राष्ट्रिय राजनीतिमा चर्चित प्रभाबशाली नेता देबेन्द्र पौडेलको उमेदवारीसंगै पूर्वमन्त्री दिननाथ शर्माको लगावले निकै चर्चा पाएको छ ।
राष्ट्रिय राजनीतिमा राम्रो प्रभाव भएका दुवै नेताहरूको गृह जिल्ला भएका कारणपनि बाग्लुङको राजनैतिक भाग्य र भविष्यको बारेमा समेत जोडघटाउ चलिरहेको छ । यसअघि नेपालको सङ्घीय संरचनाको बारेमा खुलेरै विरोध गर्ने चर्चित नेता चित्रबहादुर केसीको गृहजिल्लाको रूपमा चिनिएको बाग्लुङ जिल्ला नेता केसीको बिश्रामसंगै आशाको केन्द्र बिन्दुका रूपमा शर्मा र पौडेललाई हेरिएको छ ।
लामोसमय सम्म जनमोर्चाको तर्फबाट नेता चित्रबहादुर केसीले जिल्लाबाट प्रतिनिधित्व गरे पनि राज्यको हेपाहा प्रवृत्तिका कारण पूर्वाधार विकास र अन्य विकासका कार्यहरूमा पछाडि पारिदै आएको धौलागिरि अञ्चलमै नेता केसीको बिरासत हातपार्ने छिर्के दाउमा नेताद्धय रहेको अञ्चलवासीको अनुमान छ । केसीको बिश्रामपछि पूर्व मन्त्री समेत रहेका प्रभाबशाली नेता दिननाथ शर्मा र उमेदवार बनेका पौडेल करिब २ महिना देखि जिल्लाका विकट गाउँ बस्ती सम्म पुगेर आफ्नो प्रभावलाई बिस्तार गरिरहेका छन् ।
यस अघि तीन निर्वाचन क्षेत्र रहेको बाग्लुङमा जनमोर्चाका केसी र काँग्रेसका उमेदवारहरुले पटकपटक चुनाव जित्दै आएका थिए । ठुलो भौगोलिक क्षेत्रमा फैलिएको जिल्लामा विकासको नाममा सामान्य कच्ची सडकको निर्माण बहेक खासै विकास निर्माण हुन नसकेको जिल्लावासीले गुनासो गर्दै आएका छन् ।
पूर्वतर्फ पर्वत, पश्चिममा रुकुम, उत्तरमा मुस्ताङ, दक्षिणमा पाल्पा र गुल्मीसंग सिमाना जोडिएर ठुलो भौगोलिक क्षेत्रमा फैलिएको बाग्लुङ जिल्ला कालिगण्डकीको खोच र भौगालिक बिकटताकै कारण विकास निर्माणले गतिलिन नसकेको हो ।
पछिल्लो समयमा सुनौली देखि मुस्ताङको कोरला नाका सम्मको छोटो नाका कालिगण्डकी करिडोर निर्माण भएसंगै जिल्लामा विकास निर्माणले गतिलिने अपेक्षा गरिएको छ । कडिडोर निर्माण पछि धेरै क्षेत्र राष्ट्रिय सडक सञ्जालमा जोडिएको छ ।
पहिलो चरण अन्तरगत आगामी मङ्सिर १० गते निर्वाचन हुन गइरहेको जिल्लामा नयाँ संरचना अनुसार २ वटा प्रतिनिधि सभा र ४ प्रदेश सभा निर्वाचन क्षेत्र कायम गरिएको छ ।
जिल्लामा आगमी निर्वाचनको मिति नजिकीएसंगै बाम र लोकतान्त्रिक गठबन्धनका उमेदवारहरुले चुनावी प्रचार प्रसारलाई तीव्र पारेका छन् । ठुलो भौगोलिक क्षेत्रमा फैलिएको जिल्लामा बिकटतालाई चिर्दै दलका उमेदवारहरु गाउँका बिकत बस्तीहरु सम्म पुगेर प्रचार प्रसारलाई तीव्रता दिएका हुन् ।
२ वटा मात्र प्रतिनिधि सभाको निर्वाचन क्षेत्र रहेको बाग्लुङमा क्षेत्र नम्बर १ बाट बाम गठबन्धनको तर्फबाट एमालेका डाक्टर सूर्य पाठकलाई साझा उमेदवार बनाएको छ भने लोकतान्त्रिक गठबन्धतको तर्फबाट बहालवाला सहकारी तथा गरिबी निवारण राज्यमन्त्री चम्पा देवी खड्कालाई उमेदवार बनाएको छ । यस क्षेत्रमा दुवै गठबन्धनका उमेदवारबीच कडाप्रतिशपर्धा हुने अनुमान गरिएको छ ।
राज्यमन्त्री खड्का यसअघिपनि यसै क्षेत्रबाट निर्वाचन जितेकी थिइन् । खड्का सक्रिय राननितिमा आएको करिब ५ वर्ष मात्र भयो । उनका श्रीमान् हरि खड्काको काँग्रेसद्धारा बाग्लुङको बलेवा आयोजनागरिएको आमसभामा जाने क्रममा करिब ५ वर्ष अघि जिप दुर्घट्नामा परी मृत्यु भएपछि स्व. खड्काकी धर्मपत्नी चम्पादेवी खड्कालाई पार्टीले संविधानसभाको निर्वाचनमा उमेदवार बनाएको थियो ।
श्रीमानको राजनीति कार्यक्रममा जाँदा दुर्घट्नामा परी मृत्यु भएपछि बिक्षिप्त बनेकी खड्कालाई जनताले सहानुभूतिको मतसहित त्यस क्षेत्रबाट विजयी गराएका थिए। अहिले उनी देउवा सरकारमा धौलाागिरि अञ्चलको प्रतिनिधित्व गर्दै सहकारी तथा गरिबी निवारण राज्य मन्त्री बनेकी छन् ।
त्यसै गरी बामगठबन्धनबाट उमेदवार बनाएका पाठक संघर्षशिल युवा हुन् । उनी लामो समयदेखि विद्यार्थी राजनीतिबाट आएका बौदिक र भरोशायोग्य युवा हुन् । पाठक कलेजको प्रध्यापक समेत हुन् । उनलाई जिल्लाको आशलाग्दो नायककारुपमा समेत अर्थाईएको छ । पाठक क्षमतावान र प्रस्ट बक्ताकारुपमा चिनिन्छन् ।
यस्तै क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभाको निर्वाचनकोलागि बाम गठबन्धको तर्फबाट साझा उमेद्वारको रूपमा माओवादी केन्द्रका प्रभाबशाली नेता देवेन्द्र पौडेललाई चुनावी मैदानमा उतारेको छ । लोकतान्त्रिक गठबन्धनको तर्फबाट काँग्रेसका नरबहादुर पुन (निरज) लाई अगाडि बठाएको छ । पुन लामो समयदेखि स्थानीय स्तरमा रहेर राजनीतिमा सक्रिय रहदै आएका ब्याक्ती हुन् । उनको पार्टीप्रतिको निष्ठा र लगावलाई मुल्याङकन गर्दै पार्टीले उमेदवार बनाएको हो । त्यसै गरी बाम गठबन्धनको तर्फबाट उमेदवार बनेका पौडेल माओवादीले सञ्चालन गरेको जनयुद्धको बेला भूमिगत रहेर राजनीतिमा सङ्घर्ष गरेका थिए । उनी योग्य र क्षमतावान आशलाग्दो उदियमान नेताकोरुपमा हेरिएको छ ।
नेता चित्रबहादुर केसीको राजनैतिक बिश्रामको यात्रापछि समग्र धौलागिरिबाट केन्द्रमा आफ्नो प्रभाव भएका क्षमतावान नेताहरू मध्येमा दिननाथ शर्मा र पौडेललाई हेरिन्छ । उनीहरू दुवै बाग्लुङ र समग्र धौलागिरिकै केन्द्रमा राम्रो प्रभाव भएका प्रभाबशाली नेताकोरुपमा चिनिन्छन् ।
पूर्व प्रधानमन्त्री एवं माओवादी नेता डा बाबुराम भट्टराईका अति निकट मानिने पौैडेल पछिल्लो समय भट्टराई नेतृत्वको नयाँ शक्तिबाट अलग्गिएर माओवादी केन्द्रमा प्रवेश गरेका हुन् । उनीहरू दुवै यस अघि बागलुङ जिल्लामा कुनै तहमा निर्वाचन लडेका छैनन् । बाम गठबन्धन पछि नेता देबेन्द्र पौडेल जिल्लाको क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यको उमेदवार बनेका हुन् । नेता पौडेल क्षेत्र नम्बर १ को भए पनि २ नम्बर क्षेत्रबाट टिकट पाएपछी उनी चुनावी मैदानमा उत्रीएका छन् । उनको प्रचार प्रसारमा नेता दीनानाथ शर्मा अहोरात्र खटिएका छन् ।
जिल्लामा २ प्रतिनिधि सभा सदस्य र ४ प्रदेश सभा सदस्यको लागि हुने निर्वाचनमा प्रतिनिधि सभाको क्षेत्र नम्बर १ अन्तरगतको प्रदेश सभा ‘क’ कोलागि लोकतान्त्रिक गठबन्धनले दिपेन्द्र बहादुर थापालाई उमेदवार बनाएको छ । उनी काँग्रसका जिल्ला सभापति समेत हुन् । लामो समयदेखि प्रजातान्त्रीका आन्दोलनमा लागेर राजनीतिमा सक्रिय रहेका थापालाई पार्टीले उमेदवार बनाएको हो । त्यसै गरी बाम गठबन्धनबाट एमालेका जिल्ला अध्यक्ष इन्द्रलाल सापकोटालाई उमेदवार बनाएको छ । उनीपनि लामो समयदेखि वामपन्थी राजनीतिमा सक्रिय रहेर जिल्लामा क्रियाशील हुँदै आएका छन् । उनिपनी एमालेका लोकप्रिय उमेदवार हुन् । जनस्तर सम्म राम्रो प्रभाव भएका उमेदवारकारुपमा उनलाई चिनिन्छ । प्रदेश
सभाको ‘क’ मा दुवैं गठबन्धनबाट जिल्ला हाँक्ने काँग्रेस र एमालेका अध्यक्षहरु यस क्षेत्रमा भीडेका छन् । दुवैबीचको प्रतिस्पर्धालाई जिल्लामा निकै रोचक मानिएको छ । उनीहरू दुवै बिच कडा प्रतिशपर्धा हुने अनुमान गरिएको छ ।
त्यसै गरी प्रतिनिधि सभा १ को प्रदेश ‘ख’ अन्तरगत लोकतान्त्रिकबाट काँग्रेसका निवर्तमान सांसद प्रकाश शर्मा पौडेल र बामगठबन्धनबाट राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष रहेका कृष्ण थापाबीच कडा प्रतिशपर्धा हुने अनुमान गरिएको छ । पौडेल सांसद भएर जिल्लाको विकास निर्माणमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको योग्य र क्षमतावान ब्याक्तिको रूपमा चिनिन्छन् भने थापा लामो समय सम्म जनमोर्चाको तर्फबाट निर्वाचित भएर राष्ट्रमा छुट्टै पहिचाहन बनाएका चित्रबहादुर केसीको पार्टी र क्षेत्रका उमेदवार हुन् । समग्र बाग्लुङ जिल्लामानै पौडेल र थापाबीच कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको छ ।
प्रतिनिधि सभाको क्षेत्र नम्बर २ अन्तरगतको ‘क’ मा लोकतान्त्रिकबाट मञ्जेश मल्ललाई उमेदवार बनाएको छ भने बाम गठबन्धनको तर्फबाट चन्द्र बहादुर बुढा चुनावी मैदानमा छन् । मल्ल सहिद थिरबम मल्लका नाति हुन् । उनीहरू दुवै जिल्लामा क्रियाशील रहेका युवा उमेदवार हुन् । त्यसै गरी प्रदेश ‘ख’ लोकतान्त्रिकको तर्फबाट जीत शेरचन उमेदवार बनेका छने भने बाम गठबन्धनबाट टेकबहादुर घर्ती उमेदवार बनेका छन् । उनीहरू दुवै जिल्लाका पुराना र स्थापित नेताकोरुपमा चिनिन्छन् । उनीहरू दुवै बिच कडा प्रतिस्पर्धा रहेको जिल्लामा चर्चा छ ।
बाग्लुङ जिल्लामा केन्द्रमा चर्चा कमाएका चर्चित र हेबीवेट उमेदवारदेखि जनस्तरमा लामो समय राजनीति गर्दै आएका उमेदवारहरु चुनावी मैदानमा उत्रिएका छन् । जिल्लाको भौगोलिक बिकट्ताले गर्दा जिल्ला सदरमुकामबाट हप्तौं लगाएर चुनावी प्रचार प्रसारमा नेता तथा कार्यकर्ताहरू लागिपरेका छन् । यही मङ्सिर १० मा चुनाव हुने चुनावी मिति नजिकिएपछि नेता कार्यकता आ–आफ्नो क्षेत्रमा दिलो ज्यानले लागेका छन् ।
१ सय ९९ सय मतदान केन्द्र
बागलुङ जिल्लामा पहिलो चरणमा मङ्सिर १० गते हुने प्रतिनिधि तथा प्रदेश सभा सदस्य पदको निर्वाचनको तयारी तीब्ररुपमा भइरहेको छ । निर्वाचन आयोगले निर्वाचनकोलागि आवश्यक मतपत्रहरु सदरमुकाम ल्याई सकेको छ । जिल्लाका विभिन्न स्थानमा रहेका मतदान केन्द्रहरुमा आवश्यक सुरक्षा व्यवस्था समेत मिलाईएको छ ।
बागलुङ जिल्लामा १ सय ३ मतदान स्थल रहेका छन् भने १ सय ९९ सय मतदान केन्द्र रहेका छन् । मतदान केन्द्रहरुको सुरक्षाका लागि विगतका चुनावमा भएका गतिविधि, भौगोलिक बिकटता, सञ्चार, यातायात सुविधाको पहुँच लगायतका आधारमा संवेदनशील मतदान स्थलको पहिचान गरी आवश्यक सुरक्षा योजना तयार पारिएको प्रमुख जिल्ला अधिकारी विष्णुबहादुर थापाले जानकारी दिएका छ ।
जिल्ला सुरक्षा समितिले संवेदनशील मतदान स्थलको लागि विशेष सुरक्षा योजना तयार पारेको प्रमुख जिल्ला अधिकारी थापाले बताए । जिल्ला सुरक्षा समिति बागलुङले ४१ वटा मतदान स्थललाई संवेदनशील क्षेत्रको सूचिमा राखेको छ ।
निर्वाचन सुरक्षाका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनाको अतिरिक्त म्यादी प्रहरी परिचालन गरिने छ । बागलुङमा १ लाख ६७ हजार २ सय ८२ मतदाता रहेका छन् ।








