सरकारी अनुगमन ‘देखावटी’

पुस ९, भरतपुर । चितवनमा सरकारी निकाएको फितलो अनुगमन भएको छ । दैनिक रुपमा उपभोक्ता ठगिने गरेपनि मौन बस्ने सरकारी निकायले आईतबार देखावटी अनुगमन गरेको हो । आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले चितवनका केही होटल र खाघ पसलमा अनुगमन गरेको हो ।

विभागबाट आएका ६ जना र जिल्लाका २ जना गरी ८ जनाको टोलीले ३ वटा होटल र २ खाद्य पसलको मात्रै अनुगमन गरेकोे छ । विभागका निर्देशक निरज पौडेलको नेतृत्वमा रहेको टोलीले देखावटी रुपमा जम्मा पाँच होटल तथा पसलको अनुगमन गरेको हो । हाकिम चोकको आरसी किराना पसल, नारायणगढको कँडेल स्टोर, जुगेडीको बुटवल होटल, एलिना होटल र नमस्ते नेपाल होटलमा अनुगमन गरिएको छ ।

टोली आईतबार नै काठमाण्डौं फिर्ता भएको छ । भरतपुरको आरसी किराना पसलमा म्याद गुज्रेका सामान भेटिएपछि पसल सिल गरिएको विभागका लोकबहादुर कार्कीले जानकारी दिए । विभागले उपभोक्तामाथि ठगी गर्नेलाई कार्वाही गर्न स्थानीय प्रशासनलाई सचेत गराइएको पनि दावी पनि गरेको छ ।

आरसी किराना पसललाई कारवाहीका लागि विभागले जिल्ला प्रशासन कार्यालयलाई सिफारिस गरेको जिल्ला प्रशासन कार्यालय चितवनका वजार संरक्षण अधिकृत ओम नारायण शर्माले जानकारी दिए । अनुगमन गरिएको कंडेल किराना पसल र जुगेडीका ३ होटलमा भने कुनै समस्या नदेखिएको शर्माले बताए ।

देखावटी रुपमा अनुगमनमा निस्किएको टोली दिउँसोको समयमा होटल अनुगमनमा गएका कारण केही नभेटिएको हो । शर्माले होटलमा खाना खाने समय सकिएकाले अनुगमनमा केहि नदेखिएको स्विकार गरे । जिल्लामा तरकारी, मासु, कपडा र खाद्य पसलमा व्यापक ठगी हुने गरेको जनगुनासो बढेपनि टोलीले प्रभावकारी अनुगमन नै नगरी फर्किएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 5 =