नेकपाको आह्वानमा रोल्पा बन्द, जनजीवन प्रभावित

कात्तिक२७, रोल्पा । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी रोल्पाले आह्वान गरेको बन्दका कारण रोल्पाको जनजीवन प्रभावित भएको छ । संसदीय निर्वाचनको विरोध गर्दै आएको नेकपाले आफ्ना कार्यकर्तामाथि प्रहरीले धरपकड गरेको भन्दै जिल्ला बन्दको आह्वान गरेको हो ।

बन्दका कारण बिहानदेखि रोल्पाका बजार, यातायात, कलकारखाना र शिक्षण संस्था ठप्प रहेका छन् । जिल्ला इञ्चार्ज दलबहादुर खत्री र सेक्रेटरी सन्तोष सुवेदी लगायतका नेता कार्यकर्ता गिरप्तारीको विरुद्ध बन्द आह्वान गरेको नेपाल कम्युनिष्ट पार्टी रोल्पाले बताएको छ ।

शनिबार र आइतबार पश्चिम रोल्पामा चुनाव प्रचार प्रसारमा गएका पूर्वअर्थमन्त्री वर्षमान पुनलाई लक्षित गरी गोली प्रहार गरिए सँगै जिल्लामा सन्त्रासको वातावरण सिर्जना भएको छ । सडकमा सो पार्टीका नेता तथा कार्यकर्ताको उपस्थिति नदेखिए पनि बन्दका कारण जिल्ला ठप्प छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 2 =