सागवाली दिदीको नामले परिचित जुना बिश्वकर्मा लाई मृगौलामा समस्या ।

“
भरतराज शर्मा (गोपाल)
धरान , असोज ६ । बिहान साढे २ बजे उठेर दिनभरी बजारमा सागसब्जी डुलाएर दैनिक दुई सय आम्दानी गर्दै आएकी सागवाली दिदीकी नामले परिचित जुना बिश्वकर्मा लाई मृर्गौलामा समस्या भएपछि उपचार गर्न कठिन भएको छ ।
सुनसरीको धरान–१५ हिन्दुपतिमार्गमा बसोबास गर्दै आएकी ५२ वर्षकी जुना बिश्वकर्मा बिहानै साढे दुई बजे उठेर धरानवासीको घर घरमा डोकोमा सागसब्जी बोकेर जान्छिन् उनि सागवाली दिदीको नामले परिचित छिन । अर्को
३ महिना यता उनको किड्नीमा खराबी देखिएपछि एउटा किड्नी फ्याक्नु पर्ने अबस्था आएको उनको उपचारमा समलग्न डाक्टरले बताएका छन । उनको उपचारका लागी तत्कालै डेढ लाख रकमको अभाव छ ।
जुना विश्वकर्माको एउटा किड्नी फेल भएको र त्यसले अर्को मृगौलालालाई समेत संक्रमण गर्न लागेकोले त्यसलाई तत्कालै सल्यक्रिया गरी झिक्नुपर्ने भक्तपुर सल्लाघारी स्थित रहेको डाइवामुरा मेडिकल अस्पतालका डाक्टर श्रीधर अर्यालले बताएका छन् ।
उपचारमा रकमको अभाव भई समस्या परेकोले यथासक्य आर्थिक सहयोगका लागि याचना गरेको उनका पति ५३ वर्षका भिमबहादुर बराइलीले जानकारी दिए ।
बराईलीलाई २०४२ सालमा सेतो मच्छडले टोकेपछि शारीरिक रुपमा अशक्त भई त्यहि श्रीमतिको कमाईको भरमा बस्दै आएका थिए ।
करिब ३ महिना अघि श्रीमतिको कम्मर तथा ढाड अत्याधिक दुःख्ने, हिडडुल गर्न नसक्ने अवस्था भएपछि गत जेष्ठ २८ गते धरान स्थित वि .पी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना गराइएको थियो ।
जहा उनलाई किड्नी सम्बन्धि रोग पत्ता लागेको थियो । धरान बजारमा डोकोमा सागसब्जी डुलाएर बेच्ने र त्यसबाट प्राप्त मुनाफाबाट परिवार धान्दै आएकी जुना बराइलीलाई सहयोग गर्न इच्छुकहरुले धरान–१५ हिन्दुपतिमार्ग स्थित निवासमा प्रत्येक्ष भेटेर अथवा उनको मोबाइल नम्बर ९८१२३१९५५९ मा सम्पर्क गरि सहयोग गर्न आग्रह गरेकी छिन ।
“








