एन अार्इ सी एसिया बैङ्कद्वारा अनलाइन बचत खाताकाे सुरुवात

कार्तिक २७, काठमाडाैं । एन अार्इ सी एसिया बैङ्कले अनलार्इन बचत खाताकाे सुरुवात गरेकाे छ । अनलाइन बचत खाता देश तथा विदेशमा रहेका जाे काेहिले शून्य माैज्दातमै खाेल्न सकिने बैङ्कले जनाएकाे छ । बैङ्कमा उपस्थित नभइकन खाता नम्बर प्राप्त गर्न तथा अनलार्इन मार्फत रकम जम्मा गर्न सकिने यस खाताकाे विशेषता रहेकाे छ ।

अनलाइन बचत खाताकाे सुरुवातसँगै ग्राहकहरूले आफूले चाहेकाे बचतमा बैंककाे वेबसाइटमा गर्इ तुरुन्त खाता खाेल्ने फारम भरी सजिलै खाता खाेल्न सक्नेछन् । यस बचत खाताकाे सुरुवातसँगै देश विदेशमा रहेका ग्राहकहरूले उच्चस्तरिय बैङ्किङ सेवा प्राप्त गर्न सकिने बैङ्कले विश्वास गरेकाे छ ।

बैङ्कले हाल देशभर रहेका आफ्ना १३६ शाखा, ४ विस्तारित काउण्टर, १४१ एटीएम, ३ शाखारहित बैङ्किङ सेवा र ४०५ भन्दा बढी POS मेसिन मार्फत उच्चस्तरिय र ग्राहक केन्द्रित बैङ्किङ सेवा प्रदान गर्दै अाइरहेकाे छ । करिब ६ लाख ३० हजार ग्राहकहरूलार्इ सेवा प्रदान गर्दै अाइरहेकाे बैङ्कले अनलाइन बचत खाता मार्फत देश तथा विदेशमा रहेका ग्राहकहरूलार्इ थप सेवा प्रदान गर्ने लक्ष्य लिएकाे जनाएकाे छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − 2 =