आश्वसन पाएपछि काममा फर्किए सवारी चालक, देशैभर चल्न थाले गाडी

“काठमाडौँ, असोज ५ । सरकारले माग पूरा गर्ने आश्वसन दिएपछि आन्दोनरत सवारी चालक काममा फर्किएका छन् । केही जिल्लाका सवारी चालकले जिल्ला प्रशासन कार्यालयसँगै सहमती गरेर गाडी चलाउन थालेपछि शुक्रबार सवारी चालकले सरकारसँग वार्ता गरेका थिए।
मुलुकी ऐनमा कडा सजाय तोकिएको भन्दै आन्दोलनमा उत्रिएका सवारी चालकलाई सरकारले आवश्यक परे संसोधन गर्ने आश्वसन दिलएर मनाएको छ।
यस्तै चालकले उठाएका ट्राफिक संकेत र सडक मर्मत पनि सरकारले गर्ने आश्वसन दियो । तर चालकले उठाएको मूख्य माग सडक दुर्घटनामा भने दोषी देखिए जोसुकैलाई कारबाहीको दायरामा ल्याउने सहमती पत्रमा उल्लेख छ।
ट्राफिक प्रहरीको व्यवहार परिवर्तनका लागि गृक मन्त्रालयले व्यवस्था मिलाउने भएको छ । चालकले अनावश्यक आफूहरुलाई ट्राफिकले दुःख दिने गरेको गुनासो गरेका थिए ।८ बुँदे सहमतीसँगै आन्दोलनरत सवारी चालकहरुले आजैबाट आन्दोलनका कार्यक्रम फिर्ता लिएका छन्।
“








