यी क्षेत्रमा आज दिनभर लोडसेडिङ हुँदै

“काठमाडौं, असोज ५ । राजधानीको बालाजु सवस्टेशनबाट विद्युत्त आपूर्ति हुँदै आएका क्षेत्रहरुमा आज केही घण्टा लोडसेडिङ हुने भएको छ ।
सडक विस्तारलगायतका कार्यमा सहजीकरण गर्न विद्युत्त आपूर्ति कटौती गर्दै आएको प्राधिकरणले वनस्थली चोकदेखि बालाजु प्रहरी चौकीसम्मको सडक विस्तारको लागि ती क्षेत्रमा विद्युत्तभार कटौती गरेको हो ।
अहिले बिहान ८ बजेदेखि शुरु भएको विद्युत्तभार कटौती दिउँसो ३ बजेसम्म जारी रहने प्राधिकरणले जनाएको छ ।
विद्युत्तभार कटौती भएपछि पुरानो गुहेश्वरी, फूलबारी गेट, मुड्खु, बतासे डाँडा, धितालथोक, तिनपिप्ले, जरंखु, नेपालटार, मनमैजु, फुटुङ, जितपुर हुँदै छत्रेदेउरालीमा दिउँसो ३ बजेसम्मका लागि विद्युत् आपूर्ति बन्द भएको छ ।
बालाजु–नागार्जुन फिडरबाट आपूर्ति हुने जनजागृति, रोटरी क्लब, टौडोल, शीतला स्कुल, रानीवन, बुद्धचोक, राधाकृष्ण हुँदै एकलटार क्षेत्रमा पनि दिउँसो ३ बजेसम्म लोडसेडिङ हुने जानकारी वितरण केन्द्रले दिएको छ ।”








