अख्तियारको प्रमुख आयुक्तमा सिफारिस घिमिरेको सुनुवाई आज

“काठमाडौं, असोज ४ ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा सिफारिस नवीनकुमार घिमिरेको संसदीय सुनुवाई आज हुने भएको छ ।

संसदीय सुनुवाई विशेष समितिको दिउँसो १ बजे बस्ने बैठकले घिमिरेको सुनुवाई गर्ने समितिका जेष्ठ सदस्य लक्ष्मणलाल कर्णले जानकारी दिए ।

संवैधानिक परिषदले २० गते घिमिरेलाई अख्तियारको प्रमुख आयुक्तका लागि सिफारिस गरेको थियो ।संसदीय सुनुवाई विशेष समितिले नाम अनुमोदन गरे अख्तियारको प्रमुख आयुक्तमा घिमिरेलाई राष्ट्रपतिले नियुक्ती गर्ने संवैधानिक व्यवस्था छ ।

२०७१ सालमा आयुक्त नियुक्त भएका घिमिरेले २०७४ साल माघ २९ गतेदेखि अख्तियारको कार्यबहाक प्रमुख आयुक्तको जिम्मेवारी सम्हाल्दै आएका छन् ।”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − eight =