म्यानचेस्टर युुनाइटेडको सानदार सुरुवात, योङ्ग ब्वाइजमाथि ३–० को जित दर्ता
२०७४ जेठ १५ गते

“
एजेन्सी, असोज ४ । म्यानचेस्टर युनाइटेडले च्याम्पियन्स लिग फुटबलमा प्रभावशाली जितसहित यात्रा सुरु गरेको छ । समूह चरणको आफ्नो पहिलो खेलमा बुधबार राति समूह एचमा रहेको म्यानचेस्टर युनाइटेडले योङ्ग ब्वाइजमाथि ३–० को जित दर्ता गरेको हो ।
म्यानचेस्टर युनाइटेडको जितमा पउल पोग्बाले दुई तथा एन्थोनी मार्सलले एक गोल गरे । पोग्बाले पहिलो हाफमा दुई गोल गर्दै टिमलाई २–० को अग्रता दिलाए ।
३५ औँ मिनेटमा पोग्बाले गोल गर्दै टिमलाई सुरुवाति अग्रता दिलाए । उनले ४४ औँ मिनेटमा पाएको पेनाल्टीमा गोल गरेपछि टिमको अग्रता दोब्बर भयो ।
६६ औँ मिनेटमा मार्सलले गोल गरेपछि जोसेको टिमले ३–० को जित निश्चित गरेको हो । जोसेको टिमले स्वीट्जरल्याण्डको क्लबलाई उसकै मैदानमा हराएको हो ।
“
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








