नेपाल आइडलविरुद्ध परेको मुद्दा खारेज, को आउट हुन्छ होला त आज ?
२०७४ जेठ १५ गते

नेपालको चर्चित रियालिटी शो नेपाल आइडलजिरुद्ध परेको मुद्दा खारेज भएको छ ।
अधिवक्ता यज्ञमणि न्यौपानले एपी वान टेलिभिजनबाट प्रशारण भइरहेको नेपाल आइडलले करार ऐनको दफा ८७ उल्लंघन गरेको भन्दै काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेका थिए ।
अदालतले उक्त मुद्दाका विषयमा छलफल गर्न बोलाएको थियो । छलफल पछि मुद्दा खारेज भएको जिल्ला अदालत काठमाडौं स्रोतले जनाएको छ ।
वादी र प्रतिवादी दुवै पक्षको बहस पछि न्यायाधीश दिवाकर भट्टको इजलासले निवेदकको दाबी नपुगेको भन्दै रिट खारेजको फैसला गरेको हो ।
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








