मलेसियामा विषाक्त रक्सी खाँदा ज्यान गुुमाउने ६ नेपालीको पहिचान खुल्यो (नामावलीसहित)

“
काठमाडौं, असोज ३ । मलेसियामा विषाक्त रक्सी सेवनका कारण ६ जना नेपालीले ज्यान गुमाएको पुुष्टि भएको छ । मलेसियास्थित नेपाली दूतावासले त्यहाँका अस्पताल भ्रमण गरेर नेपालीको पहिचान गरेको हो । १६ जना घाइते भएका छन् ।
ज्यान गुमाउनेमा धादिङको बसेरी ३ का मिमबहादुर आले, रुपन्देही ६ मसिना का रामकुमार यादव, डडेलधुरा अमरगढी ५ का विशाल बुुढाथोकी, सुनसरीको पश्चिमकुसाहा ९ का संजय उराव, सिद्धिथुुम्का ९ इलामका बलबहादुर कुुलुुङ्ग र ठेगाना पहिचान हुन बाँकी आइतसिंह गोले रहेको दूतावासले जनाएको छ ।
सांघाई र कज्याङ अस्पतालमा १६ जना बिरामी अस्पताल भर्ना भएकोमो केहिकोमा केही डिस्चार्ज भएको र बाँकीको उपचार भैरहेको छ ।
मलेसियामा विषाक्त रक्सी खाँदा ज्यान गुुमाउनेको संख्या १९ पुुगेको छ । थप १४ जनाको अवस्था गम्भीर छ ।
सोमबार विभिन्न तीन वटा ब्राण्डका रेक्सी खाँदा उनीहरु बिरामी परेको द स्टार अनलाइनले जनाएको छ । मन्डलिया र ग्रेन्ड रोयल ह्विस्की तथा किंगफिसर बियर खाँदा उनीहरुको ज्यान गएको मलेसिया प्रहरीले जनाएको छ । ती रक्सी उनीहरूले विभिन्न पसलबाट खरिद गरेको पाइएको छ ।
त्यहाँको स्वास्थ्य मन्त्रालयले ती क्षेत्रबाट रक्सी परीक्षणका लागि सुुंगाई बुहोहा नेशनल प्रयोगशालामा पठाएको स्वास्थ्य निर्देशक डा नन्द हिमाम अब्दुलले बताए । विषाक्त रक्सी खानेहरुमा पेट दुुख्ने, बमिट गर्नेजस्ता लक्षण देखिएको केहीबेरमै बेहोस हुने लक्ष्यण देखिएको छ ।
बिरामीहरूको पनि रगत र पिसावको नमुुना लिएर आवश्यक परीक्षण गरिएको मन्त्रालयले जनाएको छ । ५१ जना बिरामी परेकोमा सेलंगरमा ४५ र ६ जनाको क्वालालम्पुरमा परीक्षण भैरहेको छ । ३ जना स्थानीय र बाँकी आप्रवासी कामदार हुन् । ४८ जना आप्रवासी मध्य नेपाली, बंगलादेशी, भारतीय र म्यानमारका नागरिक रहेका छन् ।
“








