आधुनिक काँग्रेस निर्माण गर्ने उद्घोष

भरतपुर, पुस १५ । नेपाली काँग्रेसका युवा नेताहरुले काँग्रेसलाई नयाँ ढंगले निर्माण गर्ने उद्घोष गरेका छन् । देशव्यापी रूपमा चुनावी पराजयपछि चितवनकाे टाँडीमा सम्पन्न भएकाे सभामा वक्ताहरुले पराजयकाे गम्भीर समीक्षा गर्दै अाधुनिक कांग्रेस निर्माणमा जुट्नुपर्ने साझा धारणा व्यक्त गरेका छन्।
कार्यक्रमलार्इ सम्बाेधन गर्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् प्रभावशाली नेता विश्वप्रकाश शर्माले नेपाली कांग्रेसलार्इ बदलेर नेपाली जनताकाे साझा पार्टीकाे रुपमा स्थापित गर्ने उद्घाेष गरे । ‘हामी अाफू बदलिन्छाैं, कांग्रेस बदल्छाैं, जाे अाफूलार्इ बदल्न सक्दैनन् तिनले कांग्रेस बदल्न सक्दैनन्’, शर्माकाे प्रश्न थियाे – ‘सक्नेले संसार बदल्न सक्छन्, कांग्रेस बदल्न किन सक्दैनन् ?’

नेता शर्माले जाे–जाे बदलिन्छन्, तिनले नेतृत्वले लिन्छन् भन्दै नबदलिनेहरुले बिदा लिने प्रष्ट पारेका छन्।
पूर्वी चितवनका दुर्इ हजारभन्दा बढी कार्यकर्ताकाे सहभागिता रहेकाे उक्त कार्यक्रमलार्इ सम्बाेधन गर्दै अर्का केन्द्रीय सदस्य बद्री पाण्डेले अबकाे साझा एजेण्डा कांग्रेसमा परिवर्तन रहेकाे बताए ।
सम्मान कार्यक्रम र वनभाेजसहितकाे उक्त सभामा नेपाली कांग्रेसका पूराना नेता एकनाथ भाट, जिल्ला सभापति जितनारायण श्रेष्ठ, युवा नेता दिनेश काेइराला, उत्तम अाचार्य, रुपन घिमिरे लगायतले बाेलेका थिए।








