मनोविद कुंवर भन्छिन्,‘सेक्स’लाई पाठ्क्रममा समावेश गर्नुपर्यो,यदि त्यो हुन सकेन भने…’

करूणा कुँवर, मनोविद

पछिल्लो १० वर्षमा प्रविधिको विकास द्रुत गतिमा भयो । प्रविधिले दिने शिक्षा माथिल्लो तहसम्म पुग्यो भने समाजबाट आउने शिक्षा तल्लोस्तरमै रह्यो । अहिले इन्टरनेटमा सवैथोक हेर्न मिल्छ । तर, समाजमा सेक्सबारे बोल्न लाज हुन्छ । यसरी यौनको कुरा गर्दा युवाले जसरी प्राकृतिक र स्वस्थ्य रूपमा बुझ्दै जानुपर्ने हो, त्यो हुन सकेन । एक्सप्लोर गर्ने नाममा उनीहरू पोर्न साइटमा पुग्न थाले । इन्टरनेटमा उपलब्ध असल कुरा के कसो हो भनेर जान्नुभन्दा पहिले नै गलत अभ्यास भइसक्छ ।

आधुनिक समाजले यौनप्रति अलिक खुला हुन माग गरिरहेको छ । तर केहीले यसलाई पापसँग जोडेर पनि हेर्छन् । अर्कोतिर सामाजिक सांस्कृतिक र अहिलेको आधुनिक कुरालाई सँगै जोडेर लगियो भने नेपालजस्तो देशमा मान्छेलाई अप्ठ्यारो पर्ने रहेछ । युवा दोधारमा छन् । सेक्स नितान्त आत्मासँग जोडिएको कुरा हो । एक किसिमको सम्मान र आत्मीयता भएको व्यक्तिसँग हुनुपर्छ । मन परेको मान्छेसँग जतिबेलासम्म मन मिल्छ त्यसबेलासम्म स्वस्थ्य यौन सम्बन्ध राख्न सकिन्छ । यसो हुनसके आनन्ददायक पनि हुन्छ । सेक्स जोसँग पनि हुनसक्छ भनेर दिनैपिच्छे फरक मान्छेसँग सम्बन्ध राख्नु भनेको यौनप्रतिको सम्मान हैन । सेक्सलाई सम्मान नगर्दा मान्छेलाई पनि सम्मान हुँदैन । यसले विभिन्न अप्ठ्याराहरू समेत ल्याउन सक्छ । स्वस्थ्य यौनले सम्बन्धलाई प्रगाढ गर्न पनि सहयोग पुर्याउँछ । त्यसैले सेक्सलाई आनन्दको रूपमा मात्र नहेरौं ।

पहिले समाजले यौनलाई चरित्रसँग जोडेर हेरेको थियो । यो लज्जास्पद कुरा हो भनिन्थ्यो । अब पाठ्यक्रममा पनि यो विषय राख्नुपर्छ । अब स्वस्थ्य यौन शिक्षाबारे कुरा गर्नुपर्छ । सानैदेखि यसलाई सामान्य रूपमा बुझ्नसक्ने बनाइनुपर्छ । जस्तो अहिले पाठ्यक्रममा यस्ता विषय समावेश नहुँदा अचानक किशोर किशोरीले यस विषयमा कुरा गर्‍यो भन्ने सोचिन्छ । यदि यौनबारे लुकाइयो भने त्यसले झनै असर गर्छ । त्यसैले यौन÷यौनिकताबारे स्कुल तहदेखि नै पढाइनुपर्छ । –टुडे म्यागेजिन

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × two =