एकदलीय तानाशाही लाद्ने षडयन्त्र भयो : उपप्रम थापा

मंसिर १२, धनगढी । उपप्रधान एवं ऊर्जामन्त्री कमल थापाले प्रजातन्त्र र राष्ट्रियताको रक्षाका लागि लोकतान्त्रिक गठबन्धन बनाएको दावी गरेका छन् । राप्रपका अध्यक्ष समेत रहेका थापाले वाम गठबन्धनले एकदलीय तानाशाही शासन लाद्न खोजेको आरोप लगाए ।

कैलाली निर्वाचन क्षेत्र नं ४ को अत्तरियाबजारमा आज आयोजित लोकतान्त्रिक गठबन्धनको चुनावीसभामा बोल्दै थापाले लोकतन्त्रको रक्षा र मुलुकको सम्रग विकासका लागि काँग्रेस र राप्रपाले एक ठाउँमा उभिएर चुनावी गठबन्धन बनाउनु परेको बताए । उनले भने, “प्रजातन्त्र प्रतिको प्रतिबद्धता, संविधान प्रतिको निष्ठा र राष्ट्रियताको संरक्षणको सवालमा दुई पार्टी अहिले एक ठाउँमा आएर चुनावी गठबन्धन बनाएको हो ।”

उपप्रधानमन्त्री थापाले पहिलो चरणको निर्वाचन ऐतिहासिक रुपमा सम्पन्न भएको र दोस्रो चरणको निर्वाचनका लागि सरकारले सम्पूर्ण तयारी पूरा गरेको बताउँदै वाम गठबन्धनका नाममा मुलुकलाई एक दलीय तानाशाही व्यवस्थामा लैजाने षडयन्त्र भइरहेको हुँदा चुनावमा लोकतन्त्र पक्षधरलाई साथ दिन सबैमा आग्रह गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − three =