सर्लाहीमा कांग्रेस र राजपाबीच झडप, ३ जना घाइते, प्रहरीद्धारा अश्रुग्याँस प्रहार

मंसिर २५, सर्लाही । सर्लाहीको मलंगवामा राष्ट्रिय जनता पार्टी र नेपाली कांग्रेसका कार्यकर्ताबीच झडप हुँदा ३ जना घाइते भएका छन् । स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले ८ राउण्ड अश्रु ग्यास प्रहार गरेको छ ।

क्षेत्र नम्बर ४ को बलरा नगरपालिका–४ मा पर्ने जब्दी बुथको मतपेटिकामा ७ वटा शिल हुनुपर्नेमा ५ वटा शिल मात्र भेटिएपछि विवाद भएको थियो । आइतबार राति साढे १० बजेदेखि त्यहाँ मतगणना समेत भएको छैन ।

चुनावको दिन ४५ प्रतिशत मतदान भएको तर, गणना गर्ने समयमा ९६ प्रतिशत मतदान रेकर्ड देखिएपछि विवाद भएको स्थानीयले जनाएका छन् ।

झडपमा परि घाइते हुनेहरुमा कपलेश्वर मण्डल, सुरेन्द्र सिंह र रामछविला शाह छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × four =