पारसको कप्तानीमा राष्ट्रिय टोली

काठमाडौं, माघ १३ । आइसिसी विश्व क्रिकेट डिजिभन–२ लिगका लागि राष्ट्रिय क्रिकेट टोली घोषणा भएको छ । नामिबियामा ८–१५ फेब्रुअरीसम्म हुने डिभिजन–२ का लागि पारस खड्काको कप्तानीमा चार वैकल्पिक खेलाडीसहित १४ खेलाडी घोषणा भएको मुख्य प्रशिक्षक जगत टमाटाले जानकारी दिएका छन् । नेपाली राष्ट्रिय टोलीको घोषणा मुख्य प्रशिक्षक टमाटा, कप्तान पारस तथा आइसिसी प्रतिनिधि अनिमुल इस्लाम सम्मिलित टोलीले गरेको हो ।

टोलीमा पारस खड्का (कप्तान), ज्ञानेन्द्र मल्ल (उपकप्तान), शक्ति गौचन, वसन्त रेग्मी, शरद् भेषवाकर, सोमपाल कामी, करण केसी, मोहम्मद आरिफ शेख, सन्दिप लामिछाने, दीपेन्द्रसिंह ऐरी, दिलीप नाथ (विकेट किपर), ललित भण्डारी, अनिल साह, रोहितकुमार पौडेल छन् ।
यस्तै, वैकल्पिक खेलाडीमा सिद्धान्त लोहनी, किशोर मेहता, ललितनारायण राजवंशी, सुनील धमला रहेका छन् ।

घोषित १४ खेलाडीमध्ये सात खेलाडीसँग डिभिजन–२ को अनुभव छ । सन् २०१५ मा नामिबियामै भएको डिभिजन–२ लिगमा कप्तान पारस, उपकप्तान ज्ञानेन्द्र मल्ल, शक्ति गौचन, वसन्त रेग्मी, शरद् भेषवाकर, सोमपाल कामी, करण केसी र मोहम्मद आरिफ शेखले प्रतिस्पर्धा गरेका थिए । त्यसवेलाको टोलीमा रहेका विनोद भण्डारी, नरेश बुढाऐर, अमृत भट्टराई, भुवन कार्की, सुवास खकुरेल तथा सागर पुन यसपटकको टोलीमा छैनन् । चोटका कारण सुवास तीन वर्षयता राष्ट्रिय टोलीमा परेका छैनन् ।

सागर यसपटक पहिलो चरणको घोषित खेलाडीबाट बाहिरिएका थिए । त्यसवेला नेदरल्यान्डसँग झिनो रनरेटमा पछि परेपछि नेपाल चौथोे भएको थियो । आइसिसीले डिभिजन–२ मा नेपाल र केन्याले ऐतिहासिक प्रदर्शन गरेको जनाउँदै डिभिजन–१ मा दुवै राष्ट्रलाई बढुवा गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 − four =