छवीको रेखालाई ‘थ्यांक यु सो मच नानी’

काठमाडौँ, भदौँ २३ । सम्बन्ध रहोस् पूर्व पति/पत्निद्वय निर्माता छवि ओझा र रेखा थापाजस्तो । उमेर बुवा र छोरी जस्तो सम्बन्ध तर सम्बन्ध अर्कै । आज एक पटक फेरि पूर्व पति छविले रेखालाई धन्यवाद ‘नानी’ भन्दै मीठो बोली फर्काएका छन् । अहिलेको यो सम्बन्धले दुइबीचमा कटुतापूर्ण सम्बन्ध नभएको प्रष्टिन्छ । छवि र रेखाको सम्बन्ध बिच्छेदपूर्व नै छविले रेखालाई ‘नानी नानी’ बोलाउँथे । तर, छविले अन्तिम नानाी शब्द चाहिँ सम्बन्धविच्छेद पत्रमा हस्ताक्षर गराउदा जाँदा ‘नानी’ यहाँ साइन गर्नुपर्ने भयो’ भन्दै बोलाएका थिए । त्यसपछि छविको बोली शिल्पा पोखरेलतिर सरेको थियो ।

फेरि एक पटक दुइबीचको सम्बन्धले नेपाली सिने जगतमा सकारात्मक सन्देश दिएको छ । हुन त रंगीन दुनियाँमा यस्तो भइहाल्छन् नै । छवि ओझाद्वारा असोज ११ गते फुलपातीको दिन प्रदर्शन हुन लागेको ‘मंगलम्’ चलचित्रको ‘पर्ख पर्ख मायालु म पनि त आउँला’ गीतले रेखाको मन छोएसँगै पूर्व पति छविलाई ११ गतेको प्रर्दशनको शुभकामना दिएकी छिन् । उनले मंगलमको पर्ख पर्ख’ भिडियोलाई आफ्नो फेसबुक अकाउण्टमार्फत शेयरसमेत गरेकी छिन् । त्यसपछि छविले ‘थ्यांक यु सो मच नानी’भन्दै रिप्लाई दिएका छन् ।

रेखा र छविको सम्बन्ध बच्चादेखि वृद्धसम्मलाई नै थाहा नै छ । अहिले दुवै जना छुट्टाछुट्टै बस्छन् । रेखा मित्रपार्कको अम्बे अपार्टमेन्टमा बस्छिन् भने छवि ओझा निजी निवास गौरीघाटमा बस्छन् । छोटो दूरीको अन्तरमा बसेका उनीहरू अहिले ‘पर्ख पर्ख’ बोलको गीतले नजिक बनाएको छ । यसरी रेखा उत्साहित हुनुको पछाडि आगामी कात्तिक २ गते लक्ष्मी पूजाका दिन रेखा थापाको ‘रुद्रप्रिय’ प्रदर्शनी हुँदैछ । ७ वर्षपछि आर्यन र रेखाको सम्बन्धले फेरि नयाँ रूप लिएसँगै रेखा खुसी देखिएकी छिन् ।

छविलाई रेखाले जति रुवाएपनि आखिर रेखा उनकै हो । यहिँ शैलीमा घुमाउँरो भाषामा आफ्नो मान्छेले जति रुवाएपनि आफ्नै हुन्छ भन्दै रेखाको फेसबुकमा श्याम भट्टराईले पोस्ट गरेका छन् ‘जति रूवाओस धर्धरी रूवाओस । आफ्नो मान्छे आफ्नै हुन्छ मात्रै होइन आफ्नो मान्छेको मान्छे पनि आफ्नै हुन्छ’ भनेर कार्यकारी निर्माता छविराज ओझाको सहयात्री निर्मात्री/अभिनेत्री शिल्पा पोखरेल का लागी पनि माया दियौ ।। राम्रो उदाहरण ।।। रेखा थापाले कहिले काही हृदय ठुलो बनाउन पनि जानेकी छ । ‘ख़ुशी परे सावनको झरी हुने वेखुशी….?’

आगामी दसैँमा मंगलमको प्रदर्शनसँगै तिहारपश्चात् छवि ओझा र मंगलम चलचित्रकी मुख्य नायिका सिल्पा पोखरेलले लगनगाँठो कस्ने टुङगो लागेको छ । सिल्पासँग ओझाको यो चौथो विवाह हुन लागेको हो । यसअघि ओझा र पोखरेलबीच विवाह गर्ने तयारी गरिएपनि असम्भव भएको थियो । अहिले सिल्पा पनि मंगलम चलचित्रको प्रदर्शनीपश्चात् लगनगाँठोमा कसिन उत्साहित देखिएकी छिन् ।

भिडियो पनि हेर्नुहोस् 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven + 4 =