ट्याक्सी चालक समातिएपछि व्यवसायीहरु आन्दोलित

पोखरा, पुस २६ । ट्याक्सी चालकहरुले पोखरा मुख्यबजारका चोकहरुमा आफ्ना सवारी साधन तेर्साएर आगमन ठप्पपारेका छन् ।

प्रशासनले व्यवसायीहरुलाई पटकपटक मिटरमा यात्रु बोक्न आग्रह गर्दा समेत उनीहरुले नमानेपछि मंगलवार मिटरमा नचल्ने ट्याक्सीलाई ट्राफिक प्रहरीले चालकलाई पक्राउ गरेपछि ब्यवसायीहरु बुधबार विहानैदेखि आन्दोलनमा उत्रिएका हुन् । मंगलबार पोखराका विभिन्न ठाउँबाट सिविल पुलिसले १८ जनालाई समातेर जिल्ला प्रहरी कार्यालयमा राखेको छ ।

मिटरमा चल्ने भनी प्रशासनबाट स्कृती लिएपनि लामो समयदेखी मिटर नचलाई आफुखुशी यात्रुहरुसंग मनलाग्दी भाडा लिदै आएका थिए ।

मुलुक संक्रमणकालीन अवस्थामा रहेको मौकाछोपेर ब्यवसायीहरुले आफुखुशी मनलाग्दाी भाडा लिने र ट्याक्सी मिटरमा चलाउन अटेरी गर्दै आएका थिए । चालकले मिटर नचलाएर मनपरी भाडा असुल्ने गरेको सर्वसाधारणको ब्यापक गुनासो बढ्न थालेपछि सादा पोषाकमा प्रहरी खटिएर छड्के जाँच गरेको थियो ।

नियम कार्यान्वयनका लागि सादा पोसाकका प्रहरी खटाएर कारवाही प्रक्रियामा गएको जिल्ला  ट्राफिक प्रहरी कार्यालय कास्कीले जनाएको छ । व्यवसायीको आन्दोलनले पोखराको मुख्य चोक पृथ्वीचोकमा गाडीहरु लामो जाममा परेका छन् । उनीहरु नाराबाजी सहित सडकमा प्रदर्शन गरिरहेका छन् ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × one =