आजका प्रमुख पत्रपत्रिकामा प्रकाशित सम्पादकीय यस्ता छन्

काठमाडौं, भदौ १६ ।  

समयमै बेपत्ताको सम्बोधन :नागरिक दैनिक 

बेपत्ता पारिएका नागरिकको खोजी कार्य शान्तिसम्झौता भएको १० बर्ष पुरा हुँदा पनि सम्पन्न गर्न सकेको देखिएको छैन ।

मुलुक राज्य संरचनाको कामसमेत सम्पन्न गरी संघीय गणतन्त्र कार्यन्वयनको तहमा पुगिसक्दा पनि बेपत्ता पारिएका नागरिक परिवारका पीडा भनिसाध्यै छैन ।

बेपत्ता पारिएका परिवारका कतिपय सन्तान आज आफ्ना अभिभावकको खोजी गर्ने अवस्थामा आईपुगेका छन् ।

कतिपयलाई तिनको नियास्रो लागिरहेको छ देशभरका १३ सय ५० भन्दा बढि नागरिक अझै पनि बेपत्ता छन् ।

तिनको अवस्था सुनिश्चित गर्ने बेपत्ता पार्नेहरुमागि कारबाही हुने भविष्यमा यस्तो अवसथा आन नदिन काुनन तर्जुमा गर्नेजस्ता महत्वपुर्ण कार्य अझै पुरा भएका छैनन् ।,

सुनचाँदी बजार नियमन गर :कान्तिपुर दैनिक 

सुनचाँदी ब्यवसायलाई सम्बन्धित सकारी निकाले नियमन गर्न सकेको छैन ।

बढी कारोवार हुने राजधानीमा त उपभोक्ताले गुनासो गरेको अवस्थामा बाहेक अनुगमन ठप्पप्रय नै छ ।

राजधानीबाहिर बेला बेला अनुगमन हुँदा कम तौल र मिसावट फेला परे पनि दोेषीलाई कारबाही गर्न सम्बन्धित निकायले तत्परता देखाउँदैन ।

गहना किन्दा गुणस्तर जाँच्ने ल्याकत नभएका उपभोक्ताहरु भने ठगिईरहेका हुन्छन् ।

सुनचाँदी ब्यवसाय नियममा राज्यको यस्तो उदासिनता आलोच्य छ ।

गाँठो फुक्यो : अन्नपुर्ण पोष्ट 

निर्वाचन क्षेत्र निर्धारण आयोगले जनसंख्यालाई पहिलो र भूगोललाई दोस्रो आधार बनाई गरेको क्षेत्र निर्धारण प्रतिवेदन प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएको छ । नेपालको संविधानअनुसार आयोगले प्रतिनिधिसभाको लागि १६५ र प्रदेशसभाको लागि ३३० निर्वाचन क्षेत्र तय गरेको छ ।

आयोगले क्षेत्र निर्धारणको क्रममा सबैजसो दलको नेतृत्वलगायत विभिन्न क्षेत्रका विज्ञसँग पनि रायसल्लाह लिएको थियो ।

प्रतिवेदन सार्वजनिक भएसँगै प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको लागि मार्गप्रशस्त भएको छ ।

यद्यपि, आयोग प्रतिवेदनप्रति सबै प्रमुख दलको मतैक्य छैन । जनसंख्यालाई मुख्य आधार बनाएर गरिएको क्षेत्र निर्धारणले भूगोल र यसको सामथ्र्य पक्षलाई बेवास्ता गरेको छ ।

यस प्रतिवेदनप्रति दलहरूबीच जतिसुकै असहमति भए पनि संविधान कार्यान्वयनको लागि ७ माघ २०७४ भित्र स्थानीय, प्रदेश र संघीय गरी तिनै तहको निर्वाचन गर्नुपर्ने संवैधानिक बाध्यता छ ।

खुल्दै उत्तरी ढोका : नयाँ पत्रिका 

चीनले रसुवागढी केरुङ सीमा प्रवेशद्धारलाई अन्तर्राष्ट्रि नाकाका रुप्मा मान्यता दिने निर्णय गरेको छ ।

बुधबार ल्हासामाभएको पत्रकार सम्मेलनमा यस्तो घोष्णा गरिएको हो ।

यसंसगै अब रसुवागढी नाकाबाट नेपाल हुँदै दोस्रो देशका नागरिक चीन प्रवेश गर्न सक्नेछन् ।

नेपाल हुँदै दक्षिण एशिया जोड्ने सबैभन्दा छोटो दुरीको बाटो मानिने यस नाकालाई अन्तर्राष्ट्रियस्तरको भन्सार र प्रवेशद्धार बनाउने गरी चीनले एक दशकपहिलेदेखि नै तयारी गरिरहेको थियो ।

केरुङ नाका भारतसंगको ब्यापारमापनि प्रयोग हुन थाल्नासा यहाँबाट हुने ब्यापारको घनत्व विस्तार हुनेछ, जसबाट प्रत्यक्ष अप्रत्यक्ष लाभ नेपालले लिन सक्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − 4 =