ट्रक दुर्घटना हुँदा १० जना घाइते एकको अवस्था गम्भीर

चितवन । चितवनको इच्छाकामना गाउँपालिकाको कुरिनटारमा आज बिहान ट्रक दुर्घटना हुँदा १० जना घाइते भएका छन् । चितवनको मुग्लिनबाट काठमाडौँ तर्फ जाँदै गरेको ना ६ ख ८९ नं को सामान बोकेको ट्रक बिहान करिब ८ बजे दुर्घटना भएको हो । ट्रक आफैँ अनियन्त्रित भई सडक छेउमा पल्टिँदा सो दुर्घटना भएको र अहिले घाइतेलाई उपचारका लागि भरतपुर ल्याइएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाँएको छ ।

दुर्घटनामा परेका मध्य ट्रक चालक पर्साका २८ वर्षीय विनोदकुमार शाहको अवस्था भने गम्भीर घाइते रहेको प्रहरीले जनाएको छ । इच्छाकामना गाउँपालिका–४ स्थित मनकामना केवलकारको द्वार नजिकै ट्रक दुर्घटना भएको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 + twenty =