कोईराला परिवारका तीन प्रभावशाली नेताको ‘अर्थपुर्ण’ भेट
२०७४ जेठ १५ गते

काठमाडौं, माघ २ । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालासहित कोइराला परिवारका ३ प्रभावशाली नेताबीच आज भेटवार्ता भएको छ ।
पार्टी केन्द्रीय सदस्य सुजाता कोइरालाको निवास मण्डिखाटारमा भएको भेटमा शशांक कोइराला र डा. शेखर कोइराला सहभागी थिए ।
भेटलाई पारिवारिक जमघट भनिए पनि वर्तमान राजनीतिक अवस्था, निर्वाचनमा पार्टीले भोगेको पराजय र भावी रणनीतिका विषयमा छलफल भएको बताइएको छ ।कांग्रेसमा बलियो राजनीतिक विरासत बोकेको कोइराला परिवारका ३ प्रभावशाली नेताबीचको भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








