दुईवटा सिमकार्ड लाग्ने आईफोन सार्वजनिक, यस्ता छन् विशेषता

“काठमाडौँ, भदौ २८ । एप्पलले पहिलो पटक दुईवटा सिमकार्ड लाग्ने आईफोन सार्वजनिक गरेको छ । बुधबार राति सनफ्रानसिस्कोमा आयोजित विशेष कार्यक्रममा एप्पलले आईफोन एक्स एस, एक्स एस म्याक्स र एक्स आर मोडल सार्वजनिक गर्‍यो ।

यीमध्ये एक्स एस र एक्स एस म्याक्समा डबल सिमकार्ड सपोर्ट गर्दछ । तीनवटै फोनमा फेस डिटेक्सनको फिचर भएकाले सुरक्षित मानिएको छ ।

आइफोन एक्सएस म्याक्स हालसम्मकै ठूलो स्मार्ट फोन भनिएको छ किनभने यसमा ६.५ इन्चको स्क्रिन  छ । यस्तै आइफोन एक्सआरको स्क्रिन ६.१ इन्च र आइफोन एक्स एसमा भने ५.८ इन्चको स्क्रिन छ ।

यी नयाँ आईफोनहरु २८ सेप्टेम्बरदेखि विश्वका २१ देशमा बिक्री सुरु हुनेछ । यो निलो, गुलाबी, पहेँलो, सेतो, कालो र रातो रंगमा उपलब्ध छ ।

आइफोन एक्सएस म्याक्स सार्वजनिक गरिएकोमा सबैभन्दा ठूलो स्क्रिन भएको फोन हो । यसमा ६.५ इन्चको स्क्रिन रहेको छ । यस्तै आइफोन एक्सएसको भने विगतको आइफोन एक्सको जस्तै ५.८ इन्चको स्क्रिन छ । आइफोन एक्सआरको स्क्रिन ६.१ इन्चको छ तर मूल्य भने अरु दुईको भन्दा केही कम रहेको छ ।

आइफोन एक्सएस म्याक्सको मूल्यः १०९९ अमेरिकी डलरदेखि सुरु (६४ जिबीको १०९९ अमेरिकी डलर, २५६ जिबीको १२४९ अमेरिकी डलर र ५१२ जिबीको १४४९ अमेरिकी डलर)

आइफोन एक्सएसको मूल्यः ९९९ अमेरिकी डलरबाट सुरु (६४ जिबीको ९९९ अमेरिकी डलर, २५६ जिबीको ११४९ अमेरिकी डलर र ५१२ जिबीको १३४९ अमेरिकी डलर)

एक्स आरको मूल्यः ७४९ अमेरिकी डलरदेखि सुरु (६४ जिबीको ७४९ अमेरिकी डलर, १२८ जिबीको ७९९ अमेरिकी डलर र २५६ जिबीको ८९९ अमेरिकी डलर) रहेको छ ।

एप्पलले नयाँ आईफोन सार्वजनिक गरेपछि आईफोन सेभेन र आईफोन एटको मूल्य घटाएको छ । आईफोन सेभेनको मूल्य ४४९ डलर र आईफोन ८ को मूल्य ५५९ डलर तोकिएको छ ।

 “

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 + 6 =