सीरियल किलर नर्स : जसले लिए एक सय बिरामीको ज्यान

म्युनिख – स्वास्थ्य सेवासँग जोडिएको नर्सजस्तो कोही व्यक्ति, जसको काम मानिसहरूको ज्यान जोगाउनु हो, उसलै मानिसको ज्यान कसरी लिन सक्छ ? त्यो पनि एक सय जना । तर, जर्मनीकी यी पूर्व नर्सका बारेमा भने यो अपवादको रूपमा लागु भएको छ ।

अभियोग लगाउने पक्षको भनाई छ कि, ‘टाक्सिकोलोजी टेस्टमा संकेतहरु मिलेका छन् कि नर्स निल्स होएग्लले आफूले काम गरेका दुई अस्पतालमा कम्तीमा एक सय मानिसको ज्यान लिएका छन् ।

टाक्सिकोलोजी यस्तो विज्ञान हो, जहाँ विष र त्यसको प्रभावको बारेमा अध्ययन गरिन्छ । जाँचमा जोडिएका अधिकारीहरुको भनाई छ, ‘नर्स नील्सले पुरै सचेत तरिकाले आफ्ना बिरामीलाई ज्यान जाने गरी औषधी दिए ।’

जो ज्यक्ति मारिए, ती मुटु रोगका बिरामी थिए र उनीहरूलाई हेर्ने जिम्मा यिनै नर्स निल्समाथि थियो । दुई अस्पतालमा काम गरेक यी नर्स अहिले हत्याको आरोपमा आजीवन कारावासमा सजाय काटिरहेका छन् । भन्ने गरिएको छ कि नर्स निल्स मृतकलाई फेरि जीवित बनाउे कोसिसमा आफ्ना सहकर्मीलाई प्रभावित गर्न खोज्थे ।

आउँदो वर्ष उनीमाथि थप नयाँ आरोप लाग्न सक्छ । सन १९९९ बाट २००५ का बिचमा जर्मनका दुई सहरमा उनीमाथि ३८ र ६२ बिरामी हत्याको आरोप छ । जाँच अधिकारीहरुको भनाई छ कि नर्स नील्सले हत्या गरेका हुन् भने मृतकको अन्तिम संस्कार गरिसकिएको छ । यदि नर्समाथि लगाएको आरोप सही ठहरिए भने यो विश्व युद्धपछि जर्मनमा सबैभन्दा ठुलो सिरीयल किलर्सको रूपमा उल्लेख हुनेछ ।

सन २०१५ मा अदालत ट्रायलका बेलाउनले ३० मानिसको हत्या गरेको स्वीकार गरेपछि नील्सका विरुद्ध चलेको जाँचको सीमा बढाइएको थियो । यस ट्रायलमा उनलाई हत्याका दुई, हत्याको कोसिसमा दुई र बिरामीलाई हानी पुर्याएको आरोप लगाइएको थियो । त्यसपछि जाँच अधिकारीले १३० मृतकको चिहान उत्खनन् गरेर उनीहरूलाई विष दिइएको थियो वा थिएन भनेर जाँच गरेका थिए ।

नर्स निल्ले जुन अस्पतालमा काम गरेका थिए, त्यसको रेकर्ड हेरियो । यति हुँदा पनि आश्चर्यजनक रूपमा उनलाई राम्रो सिफारिस गरेको भेटियो । जर्मनको डेलमेनहोस्ट सहरको एक अस्पतालमा ती नर्स गएपछि मृत्युको श्रृखला सुरु भएको थियो । र, मृत्य त्यस बेला भयो जब नर्स निल्स ड्युटीमा थिए । बीबीसी

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 2 =