आन्दोलनले जनजीवन कष्टर बन्दै

काठमाडौं, माघ ६ । प्रदेशको अस्थायी राजधानी माग गर्दै विभिन्न जिल्लामा सुरु भएको आन्दोलनका कारण जनजीवन कष्टकर बन्दै गएको छ । गत बुधबार सरकारले प्रदेशको अस्थायी मुकाम तोकेसंगै दाङ, डोटी, वीरगन्ज र धनकुटामा आन्दोलन शुरु भएको हो ।

पाँच नम्बर प्रदेशको अस्थायी राजधानी बुटवल बनाउने सरकारी निर्णयको विरोधमा पाँच दिनदेखि जारी आम हडतालका कारण दाङको जनजीवन कष्टकर बन्दै गएको छ ।

दाङ राजधानीको माग सहित सरकारको निर्णय फिर्ताको माग गदै आज महिलाहरुले हात हातमा थाल, डाढु, चम्चा र भाँडा बजाँउदै विरोध जनाएका छन् ।

दाङ राजधानीको माग सहित सरकारको निर्णय फिर्ताको माग गदै महिलाले सडकमा आएका हुन । उनीहरुले तत्काल सरकारले निर्णय सच्याउनुपर्ने, नेताहरु पनि सडकमा आउनुपर्ने माग गदै तुलसीपुर बजारमा प्रर्दशन गरेका छन् ।
महिलाहरु हात हातमा थाल, डाडु , चम्चा र भाडाँ लिएर सडकमा निस्किएका थिए ।

उता धनकुटामा आजपनि निषेधाज्ञा जारी छ । प्रदेश नम्बर एकको राजधानी माग गर्दै भएको आन्दोलन हिंसात्मक बनेपछि स्थानीय प्रशासनले बिहीबारदेखि धनकुटामा निषेधाज्ञा जारी गरेको थियो ।

यता, सरकारले प्रदेश २ को राजधानी जनकपुर बनाउने निर्णय गरेपछि सुरु भएको आन्दोलनका कारण वीरगन्जको जनजिवन पनि प्रभावित भएको छ । आज पनि त्यहाँबाट छुट्ने लामो तथा छोटो दुरीका कुनैपनि सवारी साधान छुटेका छैन भने विद्यालय,कलकारखाना सबै ठप्प छन् ।

त्यस्तै प्रदेश नम्बर ७ को राजधानी दीपायल तोकिनुपर्ने माग गर्दै आन्दोलनकारीले डोटीमा बन्द जारी राखेका छन् । निरन्तरको बन्दका कारण डोटीको जनजीवन प्रभावित बनेकोे छ । बन्दका कारण सरकारी कार्यालय, विद्यालय, कलकारखाना तथा यातायातका साधन ठप्प भएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six + 13 =